हाइलाइट

सहकारीमा एउटा मात्रै बैंक हुदै हुँदैन, हजारौँ बैंकको परिकल्पना छ

सहकारीमा एउटा मात्रै बैंक हुदै हुँदैन, हजारौँ बैंकको परिकल्पना छ :: Sahakari Akhabar

आफुले नेतृत्व गरेको संस्थालाई सही वाटो हिडाउनु पर्छ, गलत वाटो हिडाइयो भने टुङ्गोमा पनि पुगिदैन फर्किन पनि सकिदैन । यसलाई सहकारी बैंककै बाटोमा हिडाउनु पर्छ । यदी प्राइभेट बैंक हो भने त्यसै गरी हिडाउनु पर्छ ।

सहकारी बैंक ०५७ सालमा सुरु भएको भएता पनि यसको स्थापनाका लागि पहलकदमी धेरै पहिला देखि गरेका थियौं । यसको अवधारणा पंचायतकालमै आएको हो । ०१९ सालमै सरकारले सहकारी बैंक स्थापना गरेको थियो । त्यसै बेला देखि सहकारीमा काम गर्ने इच्छा शक्ती देखिन्छ ।

तर सहकारीलाई सरकारले आफ्नो नियन्त्रणमा राख्न खोजेको देखिन्छ । त्यस पछि ०२४ सालमा सहकारी बैंकलाई कृषि विकास बैंकमा परिवर्तन गर्यो । यो सहकारी बैंकवाट परिवर्तित भएर आएको बैंक हो । सहकारीलाई पनि साझा वनाउने निर्णय गर्यो पञ्चायतले ।

विना धितो साझालाई ऋण दिने निर्णय गर्यो , ऐनमै व्यवस्था गयो । पछि साझाको सम्पती कृषि विकास बैंकले लिलामी गर्याे । यो सरकार नियन्त्रित सहकारी व्यवस्था थियो । यो असुहाउँदो भएका कारण हामीले जनताको अधिकार सहितको सहकारी प्रणालि सोचेका थियौँ ।

त्यसको फलस्वरुप सहकारी बैंक स्थापना गर्नु पर्छ भन्ने हामीले निकै प्रयास पछि सहकारी मूल्य मान्यता सिद्धान्तमा संचालन गर्ने भनेर सहकारीकै कन्सेप्टमा बैंकको संरचनामा लाग्यौँ । यसकालागि संसारका उत्कृष्ट मोडलहरुको अध्यान पनि गर्यौ ।

नेदरल्याण्डको सहकारी अभियान र नेपालको सहकारी अभियानको मेल खाएको पायौँ । त्यँहा सरकारले सहकारीलाई व्यवस्थित गर्न सहकारी मोडलको बैंक स्थापना गरेको पायौँ जुन रावो वैंक थियो । यो विश्वको उत्कृष्ट बैंक मध्ये पनि दुइ तीन नम्वरमा पर्छ । जसको निगरानीमा त्यहाँका सहकारीहरु रहने र प्रत्येक सहकारीलाई सहकारी बैंकमा परिवर्तन गर्दै लगेको पाइयो ।

जुन सहकारीले जे पेशा व्यवसाय गरेको छ तीनीहरु त्यही क्षेत्रको सहकारी बैंक भएर गए । यही मोडल मन परेर नेपालमा पनि नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय संग धेरै छलफल भए । उहाँहरुलाई बुझाए पछि मन्त्रालयका पदाधिकारी कर्मचारीलाई तीन चार दिन अध्यायन गर्न पठाएर आए पछि मात्र वुझ्नु भयो र कन्भिन्स पनि हुनु भयो ।

अर्थ मन्त्रालयको सुझाव पछि राष्ट्र बैंकको स्विकृती पछि सहकारी बैंकको विधान निर्माण भयो । तर सहकारी विभागको रजिष्ट्रारको प्रतिनिधित्व नभए सिफारिस नगर्ने अडान भयो । हामीलाई जसरी पनि सहकारी बैंक स्थापना गर्नु थियो, रजिष्ट्रार पदेन सदस्य हुने गरी बैंक दर्ता भयो ।

मलाई सहकारी वैंक गएको वाटो मन परेको छैन र भने पनि सही वाटोमा सहकारी बैंक हिडाउनु हुन्न भने मलाई सल्लाहकारमा नराख्नुस् । सहकारी बैंक पहुँचको आधारमा धेरै जिल्ला पुगेको छ, सदस्यको संख्या पनि थपिंदै गएको छ सेयर पूँजी र बचत तथा ऋण लगानी पनि राम्रो छ, यो राम्रो पक्ष हो । तर यसलाई जुन मोडलमा फर्काएर लानु पर्ने हो त्यो मोडलमा फर्काउने इच्छा साथीहरुको छ छैन मलाई थाहा छैन् ।

पछि यसको ऐन नियम ल्याउने गरी देश भरीका सहकारी संस्थाहरुको सहभागीता रहने गरी बैंक स्थापना भएको हो । त्यती वेला महेश आचार्य अर्थ मन्त्री हुनुहुन्थ्यो एक करोड सरकारको पूजी रहेको थियो । अनी राजेशहरी जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरी वैकको कार्यहरु सुरु भएको हो । मैले सहकारी बैंक स्थापनाको सम्पूर्ण कार्य सम्पन्न गरेको हुँ ।

मेरो संयोजकत्वमा तदर्थ समिति निर्माण भएको थियो । लाइसेन्स लिने वेलामा नयाँ कार्य समिति वनाएको हो । अहिले सहकारी बैंकले काम गरीरहेको देखिन्छ । मलाई सल्लाहकार भनेर राखेका छन् । न सल्लाह लिन्छन्, न दिएको सल्लाह मान्छन् । सहकारी बैंक, बाणिज्य बैंक जस्तो बान्चिङ मोडलमा गएको छ । जुन हाम्रो सोसाइटी पनि हैन कन्सेप्ट पनि हैन ।

सहकारीका सवै केन्द्रीय संघहरु संघिय मोडलमा छन् त्यही ऐन अन्तर्गत आएको बैंक चाँही बान्चिङ मोडलमा गईरहेको छ । त्यो कुरा मैले राष्ट्र बैंकलाई पनि वुझाउन सकिन, तत्कालिन गभर्नर र अर्थ मन्त्रीले पनि यो कुरा वुझ्नु भएन । अभियानले त बातावरण नमिलेको कारण देखाउँदै वनाएको कमिटिलाई पनि काम गर्न दिएनन् ।

मलाई सहकारी वैंक गएको वाटो मन परेको छैन र भने पनि सही वाटोमा सहकारी बैंक हिडाउनु हुन्न भने मलाई सल्लाहकारमा नराख्नुस् । सहकारी बैंक पहुँचको आधारमा धेरै जिल्ला पुगेको छ, सदस्यको संख्या पनि थपिंदै गएको छ सेयर पूँजी र बचत तथा ऋण लगानी पनि राम्रो छ, यो राम्रो पक्ष हो ।

तर यसलाई जुन मोडलमा फर्काएर लानु पर्ने हो त्यो मोडलमा फर्काउने इच्छा साथीहरुको छ छैन मलाई थाहा छैन् । नयाँ सहकारी ऐनमा सहकारी वैंकको विषयमा पनि दुइ थरी मत भए । एक थरी बैंकहरु खोल्न पाइने छ भने पछि पुग्ने भो भने, एक थरी यही बैंक भए पुग्छ भन्ने भए ।

यी दुइटा शव्दमा उनीहरु कहाँनेर मीले ? मेरो लागि यी दुइवटै शव्द ठिक हैनन । बैंक मात्रै भन्दैमा यसको स्प्रिटलाई प्रतिनिधित्व गर्दैन । अनि बैंक मात्र पनि हुदैन, किनकी सहकारीमा एउटा मात्रै बैंक हुदै हुँदैन हजारौँ बैंकको परिकल्पना छ त्यहाँ ।

यसलाई नेशनल लेवलको बैंक वनाउने र यसको अन्डरमा क्षेत्रवाइज जिल्ला संघकै मोडलमा बैंक रहने । अनी सहकारीका विभिन्न प्रकृति अनुसार त्यसका क्षेत्रमा लगानी गर्ने प्रवद्र्धन गर्ने गरी त्यसैका बैंक वनाउने मोडल हो । यो वैंक अहिलेका सहकारी संघ संस्थाको संरचना अनुसारको बैंकको पनि संरचना हो ।

तर यो बाटोमा बैंक हिडेको छैन, यो मेरो चिन्ताको विषय हो । सहकारीका साथीहरु नवुझ्नेत हैनन, बुझ्नेनै हुनुहुन्छ तर उहाँहरुको इन्ट्रेस के हो थाहा भएन । संचालक समितिले चाह्यो भने यसलाई डे वान वाट सुरु गर्न सकिन्छ । अहिले एक सय संस्थाको सहभागितामा शाखा खोलिरहेका छन् त्यसलाई परिवर्तन गरेर जिल्ला लेवलको वैंक वनाएर जान सकिन्छ ।

त्यसलाई केन्द्रले निर्देशन गर्छ र केन्द्रलाई राष्ट्र बैंकले निर्देशन गर्ने गरी अघी वढ्न सकिन्छ । यो मोडलमा सहकारी वैंक जाने हो भने अहिले सहकारी बाट भएको उपलव्धीलाई दशगुणा वढी उपलव्धी हाँसिल गर्न सकिन्छ ।

यस्ता संस्थाहरुलाई राजनितिकरण गरियो भने यसले निकास पाउदैन । सहकारीमा दिपक वास्कोटालाई जोड घटाउको हिसाव गर्नेहरु छन् । पार्टी संग कुरा काटनेहरु पनि छन मेरै साथीहरु । तर मैले सहकारी अभियान छोडेको छैन मलाई धेरै माया छ यसको ।

अहिले सहकारीलाई राज्यले हस्तक्षेप गर्न सक्ने अवस्था छैन । किनकी सहकारीहरु आफै वाटो निर्धारण गर्न सक्ने भएका छन् । अभियान बलियो बनिसकेको छ । जहाँ सहकारीमा सरकारको हस्तक्षेप छ, त्यहाँ सहकारीको प्रगती भएको छैन । हामीले पनि भोगकै हो र अरु धेरै देशका उदाहरणले पनि देखाइसकेको छ ।

अझै पनि जिम्मेवारी पाए केही गर्छु भन्ने छ । तर म माग्दै पनि जान्न किनकी मैले यस क्षेत्रको जिमेवारी विश्वास कमाएर पाएको हुँ । विश्वासका साथ निर्वाह पनि गरे जस्तो लाग्छ । पछि यसमा अझै केही गरु भन्दा वरु मेरै पार्टीका केही व्यक्तीहरुलवाट असहयोग चाँही भएको हो । जसले नेतृत्व गर्छ, उसमा भिजन हुनु जरुरी छ ।

आफुले नेतृत्व गरेको संस्थालाई सही वाटो हिडाउनु पर्छ, गलत वाटो हिडाइयो भने टुङ्गोमा पनि पुगिदैन फर्किन पनि सकिदैन । यसलाई सहकारी बैंककै बाटोमा हिडाउनु पर्छ । यदी प्राइभेट बैंक हो भने त्यसै गरी हिडाउनु पर्छ ।

पैसा बितरण गर्दैमा त्यो संस्था सफल भयो भन्ने म मान्दिन, अहिले सहकारीलाई राज्यले हस्तक्षेप गर्न सक्ने अवस्था छैन । किनकी सहकारीहरु आफै वाटो निर्धारण गर्न सक्ने भएका छन् । अभियान बलियो बनिसकेको छ । जहाँ सहकारीमा सरकारको हस्तक्षेप छ, त्यहाँ सहकारीको प्रगती भएको छैन । हामीले पनि भोगकै हो र अरु धेरै देशका उदाहरणले पनि देखाइसकेको छ ।

बास्कोटासंग वर्तमान सहकारी मासिकले केही समय अघी गरेको कुराकानीको आधारमा तयार गरिएको बिचार हो ।



Leave a comment