काठमाडौं । शान्तिनगरमा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको ३० औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज ३ गते संस्थाको ३० औ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगरमा मुख्य कार्यालय रहेको यस संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ जोरपाटीवाट समेत सदस्यहरुलाई सेवा दिइरहेको छ ।
यस साकोसले २०८३ असार मसान्तसम्म २ हजार ३९० जना सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै ४० करोड ४६ लाख ३७ हजार ६ सय १३ रुपैंया पूँजी बनाउन सफल भएको सभामा जानकारी दिइयो । साधारण सभा संस्थाका अध्यक्ष ताराप्रसाद घिमिरे र निवर्तमान अध्यक्ष ऋषिराज घिमिरेले उद्धघाटन गरेका थिए ।
साधारण सभामा संस्थाका सचिब हरिप्रसाद घिमिरेले संचालक समितिको प्रतिवेदन, कोषाध्यक्ष तारादेबी थपलियाले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक तीर्थराज घिमिरेले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत संस्थाको गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष ताराप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा आव २०८२।०८३ मा विभिन्न बिधाहरुमा योगदान गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा बाबियाखर्क साकोसले संचालनमा ल्याएको आरोग्य बचत योजनामा सहभागी सदस्य हस्पिटल भर्नाभई उपचार गरेका १ जनालाई औषधि उपचार खर्च प्रदान गरिएको थियो । वार्षिक साधारणसभाको कार्यक्रम संचालन साकोसका पुर्व संचालक डा.उमेश प्रसाद घिमिरेले गरेका थिए ।
Leave a comment