काठमाडौं । गैँडाकोटमा रहेको स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२ / ०८३ मा सदस्यहरूलाई संरक्षित पुँजी फिर्ताकोषको रकम नगद वितरण गरेको छ ।
संस्थाका अध्यक्ष बेदबन्धु रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८२ / ०८३ मा संस्थासँग गरेको कारोबारका आधारमा सदस्यहरूलाई संरक्षित पुँजी फिर्ताकोषको रकम वितरण गरेको हो ।
सदस्यहरूलाई संस्थाको आर्थिक गतिविधिमा सक्रिय सहभागिता गराउन, सहकारीप्रति अपनत्व बढाउन तथा कारोबारको प्रतिफल सदस्यहरूलाई नै उपलब्ध गराउने उद्देश्यले उक्त रकम वितरण गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवलाल तिवारीले सदस्यहरूको सक्रिय सहभागिता र विश्वास नै संस्थाको सफलताको प्रमुख आधार भएको भन्दै सहकारीको विकास, विस्तार र सदस्यहरूको आर्थिक समृद्धिका लागि सबै सदस्यहरूलाई संस्थासँग निरन्तर कारोबार गर्न आग्रह गरे ।
संस्थाले सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सदस्यकेन्द्रित सेवा प्रवाह, पारदर्शिता तथा आर्थिक अनुशासनलाई प्राथमिकता दिँदै आएकोले संरक्षित पुँजी फिर्ता कोषको रकम वितरणले सदस्यहरूलाई प्रोत्साहन मिल्नुका साथै संस्थाप्रतिको विश्वास अझ सुदृढ हुने संस्थाको अपेक्षा छ ।
संस्थाले आगामी दिनमा पनि सदस्यहरूको हितलाई केन्द्रमा राखेर विभिन्न वित्तीय सेवा तथा कार्यक्रम सञ्चालन गर्दै सहकारी अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
साथै संस्थाले आफ्ना सम्पूर्ण सदस्यहरूलाई संस्थासँगको कारोबारलाई निरन्तरता दिँदै संस्थाको प्रगति र समृद्धिमा सहकार्य गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया