धेरै ठाउँमा स्तरीकरणको म पनि प्रचारक कै रुपमा काम गर्छु । अरु रजिष्टार ज्युहरुले गर्नुहुन्छ हुँदैन मलाई थाहा छैन । स्तरीकरण र स्थिरिकरणको विषय अलि अलि विवादित छ । यो पनि अलि शुद्ध हुन सकेको छैन। यो स्तरीकरणमा किन नगएको भन्यो भने नेफस्कूनको ठूलो शुल्कको कुरा सहकारी संस्थाहरुले गर्ने गरेका छन् । नेफूकूनले आफूलाई ठूलो संस्थाको रुपमा ठान्दछ ।
विराटनगर । हामीले जहाँ राम्रो संस्कार बसायो, त्यही सहकारी संस्कृतिको जग बस्ने रहेछ । मोरङ जिल्ला बचत संघले स्थापना कालदेखि नै राम्रो अभ्यास गरेकाले, त्यही असल अभ्यासले नै स्तरीकरण कार्यक्रम गरेका ११ सहकारी एक्सेस ब्राण्डमा छन् । अरु पनि धेरै साकोसहरु पाईप लाईनमा छन् ।
अनुगमनका क्रममा जिल्ला बचत संघ उदयपुर पुग्दा त्यहाँ एकदम नाजुक अवस्था रहेको छ । सम्भावना भएर पनि धरान जस्तो नगरमा, उदयपुर जस्तो ठाउँमा अथवा हरु जिल्लाहरुमा सहकारी अभियान भन्न पनि नसकिने अवस्था रहेको छ ।
सहकारी अभियन्ताहरुको संस्था तथा संघमा नै अनुगमन गर्न जाँदा पनि प्रतिनिधि कोही नभेटिने समस्या रहेको छ । संघ राम्रो भयो, संघका नेताहरु राम्रा र नमुना योग्य भएभने मात्र सहकारी संस्था राम्रो हुन्छ । कोशी प्रदेशमा मात्र ६७ वटा संघहरु छन् ।
अभियानमा लागेपछि अलि फुर्सद पनि नभएको होकी, फुर्सद निकालेर आफ्नो संस्था चाहिँ नमुना बनाईदिनुहोस् भनेर म पशुपतिनाथ, बराह अनि पाथिभरा मातासँग बर माग्न चाहन्छु हजुरहरुको लागि । जबसम्म संघको अभियानकर्मीको संस्था नमुना योग्य हुँदैन, तबसम्म हामी अभियानमा लागेको छु भन्नुमा कुनै अर्थ लाग्छ जस्तो मलाई लाग्दैन । यो कुरा हामीले बहुत ख्याल गर्नुपर्छ ।
६७ वटा संघहरु मध्ये ४ वटा विशिष्टकृत संघहरु छन् । जसमा एउटा गुमनाम जस्तो छ, अर्को दुर्घटनामा परेजस्तो भईरहेको छ । खोई खोलो भन्दा सुक्यो भन्ने हिसाबको भईरहेको छ । दुईवटा चलिरहेका छन् । त्यसमध्ये बाँकी ६३ वटा अरु संघहरु मध्ये १४ जिल्लामा जिल्ला संघहरु रहेका छन् ।
११ वटा जिल्लामा बचत संघ रहेका छन् । यसमध्ये गन्तिको जिल्ला भनेको मोरङ, सुनसरी, झापा, कसो कसो ईलाम पनि भन्दा हुन्छ, संखुवासभा बरु ठिक ठिकै छ, बाँकीलाई जिल्ला संघ तथा जिल्ला बचत संघ भन्न पनि गाह्रो छ ।
नेफ्स्कूनले एउटा कार्यक्रम मार्फत खुलाईदिएका संघहरुमा अनुगमन गर्न गयो भने ताला लागिरहेको हुन्छ, बल्ल बल्ल जालो पन्छाउँदै पुग्नुपर्छ । बोकेको कुकुरले मृग मार्दैन भने जस्तै भएको छ । सहकारी संस्थाहरु राम्रो नभईकन संघ राम्रो हुँदैन ।
अब संघ चाहिँ कत्ति वटा चाहिने हो भन्ने प्रश्न छ । मोरङको केराबारीमा छुट्टै संघ चाहियो भनिरहनुभएको छ । जिल्ला संघ, बचत संघ, अन्य प्रकृतिका संघ, त्यसमाथि प्रदेश संघ, केन्द्रिय संघ कति वटा संघ चाहिने भन्ने कुराको छिनोफानो गर्नुपर्ने भएको छ । केन्द्रिय संघको निर्वाचनमा यस्ता एजेण्डा पनि उठाउन आग्रह गर्दछु ।
अर्को कुरा नेफ्स्कून र जिल्ला बचत संघ सौता हुन की के हुन् म बुझ्दिन । जिल्ला बचत संघसँग प्रतिस्पर्धा गर्न विराटनगरमा, बेलबारीमा, इटहरीमा, धरानमा तथा जिल्लाका विभिन्न ठाउँमा नेफ्स्कूनले सेवा केन्द्र खोल्ने हो भने बचत संघ किन चाहियो ? यो कुरामा ख्याल गर्नुपर्छ ।
धेरै ठाउँमा स्तरीकरणको म पनि प्रचारक कै रुपमा काम गर्छु । अरु रजिष्टार ज्युहरुले गर्नुहुन्छ हुँदैन मलाई थाहा छैन । स्तरीकरण र स्थिरिकरणको विषय अलि अलि विवादित छ । यो पनि अलि शुद्ध हुन सकेको छैन। यो स्तरीकरणमा किन नगएको भन्यो भने नेफस्कूनको ठूलो शुल्कको कुरा सहकारी संस्थाहरुले गर्ने गरेका छन् । नेफूकूनले आफूलाई ठूलो संस्थाको रुपमा ठान्दछ ।
हाम्रो प्रदेशमा जम्मा १ खर्व ४३ अर्व पूँजी परिचालन भएको छ । पालिकाहरुले तथ्यांक दिन नसकेको अवस्थामा ४० प्रतिशत पालिकाको प्रतिवेदन आएको छ । यो बर्ष अलि बढी जरिवाना गरेर ३२५ वटा संस्थाले प्रतिवेदन बुझाएका थिए । जरिवाना गर्न हुन्छ हुँदैन भन्ने पनि विषय छ । विधि विधानमा चलेका सहकारीलाई जरिवाना गर्नै पर्दैन ।
सहकारीलाई जरिवाना गर्नुहुन्न म पनि मान्छु, तर संस्था जरिवाना हुँदैन, त्यहाँ सञ्चालकहरु जरिवाना हुने हुन । जरिवानाको पैसा त सञ्चालकहरुले तिर्नुपर्ने हो । त्यसले गर्दा हामीले ८ लाख जति जरिवाना उठाउनुपरेको छ । यो दुखद् कुरा हो । आगामि दिनमा त्यो घटेर आओस् भन्ने मेरो अपेक्षा पनि हो ।
जसले सहकारीको मूल्य मान्यतालाई पालना गरेको छ, त्याहाँ कहिल्यै संकट नै आउँदैन । यो अभ्यास गर्ने सहकारी संस्थामा समस्या भएपनि एकदमै थोरै मात्रामा रहेको छ । अहिले राम्रा सहकारीहरुमा तरलता बढेर ४१ प्रतिशतसम्म पुगेको देखेको छु मैले । अब राम्रो त भनियो, कुन राम्रो भन्ने भईरहेको छ ।
स्वनियमको १७ वटा सूचकलाई मानेर हामी गईरहेका छन् । अब हामीले यसैलाई मात्रा मान्ने कि त्यो भन्दा माथि जाने । माथि जान स्तरीकरणमा जानुपर्छ । विभागको पल्समा हामी ठिक भयौं, यहाँ ठिक हुने वित्तिकै सबै ठिक हुन्छ भन्ने पनि होईन । अहिले विभागले सदस्यता केन्द्रियता भन्ने सूचक ल्याएको छ ।
जसले समग्र संस्था कसरी स्थिर हुन सक्दछ, कसरी समुदायमा स्थापित हुन सक्छ भन्ने कुरा भएको हुनाले पल्स र सदस्यता केन्द्रियतालाई सँगसँगै गणना गर्न पनि म सहकारी संस्थाहरुलाई अनुरोध गर्दछु । हामीले दण्ड र पुरस्कारलाई सँगसँगै लिएर गएका छौं । साधारण सभालाई सदस्य केन्द्रित गराउन र अनावश्यक मान्छे ल्याएर भाषण गराएर समय खाने गर्नुहुने छैन् भन्नेमा आशावादी छु । निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीले जिल्ला बचत संघ मोरङको ३० औं बार्षिक साधारण सभालाई सम्बेधन गर्नेक्रममा ब्यक्त बिचार ।
Leave a comment