केही दिन अघि सामाजिक सञ्जालमा सहकारीको एउटा विषयमाथि राम्रै बहस भएको पाइयो । विषय समय सान्दर्भिक र गहन लाग्यो । यसमाथि सम्प्रेषण भएका बिचार गहन रहेका छन् । पठन योग्य र उक्त विषय पाठककालागि थप जानकारी हुने ठानेर केही बिचारलाई सहकारी अखबारले जस्ताको जस्तै यहाँ प्रस्तुत गरेको छ ।
प्रकाशप्रसाद पोख्रेल
प्रमुख कार्यकारी अधिकृत ( नेफ्स्कून)
स्थिरीकरण कोष–अभियानको संस्थागत सुरक्षण हो । समग्र अभियानको केन्द्रीय कोष हो र यसले साकोसका लागि जगेडा कोषको जस्तै काम गर्दछ ।
स्थिरीकरण कोष
–साकोसको नियमित अनुगमन गरी वित्तीय कारोवारलाई अनुशासित र सुरक्षित बनाउन ।
–नियमित रुपमा प्रशिक्षण सञ्चालन गरी साकोसको व्यवस्थापकीय क्षमता सुदृढ बनाउन ।
– तरलता अभावमा सरल कर्जा, सापटी वा अनुदान उपलब्ध गराई साकोसलाई वित्तीय संकटबाट जोगाउन ।
– स्वनियमन सहकारी पद्धति मार्फत साकोसको आन्तरिक शुसाशन कायम राखी साख अभिबृद्धि गर्न ।
– सदस्यहरुको वचतलाई सुरक्षित गर्ने प्रविधिहरुको विकास गरी वचत तथा ऋण सहकारी संस्थाहरु प्रति समुदायको आस्था तथा दृढ विश्वाश कायम राख्न,
– वित्तीय विश्लेषणको नतिजाको आधारमा कमजोर देखिएमा सुधारका उपायको जानकारी दिन र कार्यान्वयन गर्न लगाउन ।
–कुशल व्यवस्थापन कायम राख्न कालागि नियमित प्राविधिक सेवा उपलव्ध गराउन ।
–सदस्य संस्थाहरु र संघ बीच सिधा सम्पर्क हुन सक्ने गरी स्तरीय कम्प्युटर सञ्जाल प्रणाली मार्फत जीवन्त अनुगमन गर्न आवश्यक हुन्छ ।
स्थिरीकरण कोषको आवश्यकता
– सदस्यहरुलाई बचत सुरक्षणको प्रत्याभूती दिन
– संस्था संचालकहरुलाई सुरक्षित संस्थाको रुपमा आश्वस्त हुन
– संघलाई सदस्य संस्था सुशासित र सुरक्षित रहेको एकिन गरिराख्न
– अन्तत्वो गत्वा, समुदायमा उच्च छवी कायम राख्न
– राज्यका लागि बचत ऋण अभियानको सुरक्षाको प्रत्याभुती दिन
कपाल दुखेको ओखति नाइटोमा दले जस्तो हो
चन्द्रबहादुर ठकुरी ( पूर्व, सहकारी नियमक)
यो उठाएर अभियान बलियो हुन्न, नेफ्स्कून बलियो होला । तर बिगतमा नेफ्स्कून तर्फ समस्या आएन भन्दा हुन्छ । नेफ्स्कून ३८०० संस्था कि क्रेडिट फेडरेसन भयो ।
साकोस १३ हजार ८ सय भन्दा बढी छन । बचत उठाउनेमा कृषि, बहुउद्देश्यीय र उपभोक्ता पनि छन । नेफ्स्कून बाहेक बचत तर्फ ६५ प्रतिशत भन्दा बढी छ । यो कपाल दुखेको ओखति नाइटोमा दले जस्तो हो ।
सदस्यको पैसाको सुरक्षाको प्रत्याभुति गर्ने हो
सञ्जय तिमिल्सेना
प्रशासन तथा समन्वय विभाग प्रमुख ( नेफ्स्कून)
नेपालमा स्थिरीकरण कोषको विषय प्रवेश नेफ्स्कूनले नै गराएको हो । यसको प्रयोग (कानुनी संरक्षणका सन्दर्भमा) विभिन्न देशमा सामान्य विविधता पाईन्छ सारमा सबै मुलुक (जहाँ जहाँ सञ्चालनमा छ) मा उद्देश्य र सञ्चालन पद्धतिमा समानता छ ।
राज्यले कानुनी वातावरण निर्माण गरिदिने र वित्तीय सहकारी (क्रेडिट युनियन) को केन्द्रीय संघमा रहि संघले नै सञ्चालन गर्ने अभ्यास पाइन्छ । हाम्रोमा आफ्नो थालमा भन्दा अरुको थालमा हेर्ने चेतनाले केहि द्विविधा भएको जस्तो लाग्छ ।
एउटा फरक उद्देश्यको सहकारीको सञ्चालक भएको व्यक्ति कुनै वित्तीय (बचत तथा ऋण) सहकारीको सदस्य बनेको हुन सक्छ वा वित्तीय सहकारीको सञ्चालक अन्य उद्देश्यका सहकारीमा सदस्य हुन सक्छ ।
त्यसैले जिम्मेवारी अल्पकालीन हुन् आफ्नो विशेषता अनुरुप संस्था सञ्चालन गर्नुपर्छ (एउटै व्यक्तिले मदिरा र दुधजन्य पदार्थको व्यावसाय गर्दछ भने फरक फरक ठाउँमा राख्नु पर्दछ ।
एउटै व्यापारीले दुबै किसिमको व्यापार गर्न पाउँछ भन्दैमा एउटै पसलमा दुध र मदिरा बिक्री गर्नु असान्दर्भिक नै हुन्छ) भन्ने सोचको विकास हुने वित्तिकै बुझाईका विविधतामा एकरुपता आउँछ ।
सबै प्रकृतिका सहकारी संस्था समुदायका साझा व्यावसाय हुन्, कुनै बनाउने नाममा कुनै बिगार्नु हुँदैन । अनि यो बन्दैन भने, त्यो पनि नबनोस् भन्ने भावना पनि राख्नु हुँदैन । सहकारी संस्थालाई फलानोको सहकारी भनेर हेर्ने दृष्टिकोण बढी जिम्मेवार छ । सहकारी अभियानको विकास अलमलमा पर्नुमा ।
त्यसकारण अलमल पर्नुपर्ने कारण नै छैन । यो समग्र साकोस अभियानको केन्द्रमा रहने साझा जगेडा कोष हो । यसले पैसा परिचालन मात्र होइन सदस्यको पैसाको सुरक्षाको प्रत्याभुति गर्ने हो ।
यसको संरक्षणको दायित्व नेफ्स्कूनको हो
दुर्गाप्रसाद ढकाल
सदस्य सेवा विभाग प्रमुख ( नेफ्स्कून)
सरले भन्नु भएको संख्याको हिसाब हो । सदस्यको बचतको जोखिमको हिसाबले बचत ऋण संस्थामा भएको मध्य ८७ प्रतिशत श्रोतको नेफ्स्कूनको सञ्जालमा छ । यसको संरक्षणको दायित्व नेफ्स्कूनको हो ।
स्थिरीकरण कोष अभियानको योगदानमा आधारित भएर अभ्यास भएको कोष हो । सरले भन्नु भए जस्तै नेफस्कूनले साझा सञ्जालको अवधारणामा काम गर्छ ।
नेफ्स्कून बलियो की संस्था बलियो होइन । सञ्जाल बलियो बनाउने कुरा हो । हाम्रा लागि नयाँ बिषय छ । सहकारी अभियान आजको जस्तो बनाउन सरहरुको योगदान अतुलनीय छ । सुधारका लागि सुझाव शिरोधार्य छ ।
यो कुनै पैसा कमाउने व्यवसाय होईन
बल्लभ तिमल्सिना
बरिष्ठ तालिम अधिकृत ( नेफ्स्कून)
अनि सर हजुर बुझाईदिनुहोला, कोष मार्फत जोखिम बहन गर्छाैं, कोष मार्फत सदस्यको पैसा सुरक्षित बनाउँछौं, कोष मार्फत समस्यामा परेका साकोसलाई सुरक्षा कबच प्रदान गर्छाैं भनेर योजना साथ विधि साथ आउनु गलत नै भयो त ? सरको कमेन्ट देख्दा हामीले बिगतमा धेरै ठूलो गल्ती गरेछौं जस्तो भयो ।
बचत ऋण बाहेक विषयगत सहकारीले बचत ऋणकै कारोबार गर्ने भए सजिलोसँग विनियममा बचत ऋण सहकारी लेखेर कोषमा आबद्व हुने । सर, कृषि उपभोक्ता र बहुउद्देश्यीयले बचत उठाउनको लागि कानुनत ठिक हो र ? कृपया हामी नबुझ्नेलाई बुझाई पाउँ हजुर ।
स्तरीकरण भनेको साकोसलाइ एउटा मानक भित्रको स्तर (कतबलमबचम) मा राख्नु हो । जुन हामी एक्सेस प्रोवेशनका म्यानुअल अनुसार गर्दैछौं । स्थिरिकरण भनेको साकोसलाई संकट परेको बेलामा स्थिर राख्न सहयोग गर्नु हो ।
समग्रमा दुबैको अन्तिम उद्देश्य साकोसका सदस्यहरुको पैसा सुरक्षित राख्नु हो । यो दुई वटैबाट अभियान सुरक्षित राख्ने उद्देश्य मात्रै हो । यो कुनै पैसा कमाउने व्यवसाय होईन ।
Leave a comment