काठमाडौं । भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुसंग सहकारी अध्यादेश २०८३ बारे छलफल कार्यक्रम गरेको छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई वित्तीय रुपमा जानकारीको पुन ताजकिरण गराउन सहकारी अध्यादेश–२०८३ बारे छलफल गरेको हो ।
संस्थाले जेठ १६ गते शनिबार संस्थाको तालिम हलमा सदस्य शिक्षा शिविर सम्पन्न गरेको जनाएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष राधेश्याम सुवालले हाल चर्चामा रहेको सहकारी अध्यादेश, राष्ट्रिय सहकारी प्राधिकरणबाट जारी निर्देशन, कर्जा सूचनाकेन्द्र, सहकारी ऐन, कानून सम्बन्धी जानकारी गराए ।
बैंक वित्तीय संघ संस्थाहरुमा भइरहेको वित्तीय संकुचन, आर्थिक संकट, व्यापार व्यवसायमा कमीलेगर्दा लगानीमा कमीआएको उनले बताए । सदस्यले नियमित मासिक बचत गर्नुपर्ने र सचेत सदस्यको रुपमा जागरुक भई सहकार्य गर्न समेत अध्यक्ष सुवालले अनुरोध गरे ।
शिक्षा शिविरमा संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले उपस्थित संस्थाका सदस्यहरुलाई वित्तीय साक्षरता गराउने क्रममा देशमा आम्दानी गर्नसक्ने विभिन्न थरिका व्यवसाय, आम्दानी गर्ने अचुक उपाय, आवश्यक तथा अनावश्यक खर्च छुट्याई बचत गर्ने तरिका, ऋण कसरी लिने र तिर्ने तथा लगानी गर्ने विभिन्न तरिका र त्यसका जोखिमका क्षेत्रहरु पहिचान गर्ने तरिकाबारे जानकारी गराए ।
उनले संस्थाले गर्दै आईरहेको गतिविधिहरु र भावि आउने कार्यक्रमबारे जानकारी गराउँदै सहकारी सहकारी ऐनमा भएका संशोधित विषयवस्तुलाई ध्यानमा दिई प्रस्तुती गरेका थिए । कार्यक्रममा शिक्षा उपसमितिका सदस्य रवेन्द्र सुवालले उद्घोषण र रोजिस त्वातीले सहभागिलाई स्वागत गरेका थिए । कार्यक्रममा ३० जनाका सदस्यको सहभागिता रहेको थियो ।
त्यस्तै शिक्षा उपसमितिका सभापति विश्वराम त्वायनाले समापनको क्रममा सदस्यले सदस्यमुखी संस्थाको पहिचान गर्नुपर्ने, सदस्यको जिम्मेवारी निभाइ मासिक नियमित बचत गर्नुका साथै सदस्य अद्यावधिक अनिवार्य रुपमा गर्न र सकरात्मक सल्लाह सुझाव दिनुहुन अनुरोध गरे ।
Leave a comment