हाइलाइट

कृषिजन्य वस्तु बजारीकरणकालागि सहकारीको अन्तरक्रिया

कृषिजन्य वस्तु बजारीकरणकालागि सहकारीको अन्तरक्रिया :: Sahakari Akhabar

काठमाडौं । कृषिजन्य वस्तु बजारीकरणकालागि सहकारीले व्यवसायिकरणको सम्बन्धमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला बहुद्देश्यीय सहकारी संघ इलामको आयोजनामा आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

बहुद्देश्यीय सहकारी संघ इलाम जिल्लाका अध्यक्ष युवराज घोसाईको अध्यक्षतामा भएको कार्यक्रममा पहिलो पाईला बहुद्देश्यीय सहकारी भद्रपुर र टेवा कृषि सहकारी संस्था भक्तपुरको सहकार्यमा सस्तो मूल्यमा उपभोक्तालाई खाद्यान्न, फलफूल, पशुजन्य वस्तु बिक्रि वितरण गरिने कार्यक्रमको विषयमा छलफल गरिएको थियो ।

केन्द्रीय बहुद्देश्यीय सहकारी संघका संचालक, प्रदेश नं १ का संयोजक सनिपकुमार भुजेलले नेपालमा बहुद्देश्यीय सहकारी संस्थाको चुनौति, ऐनले गरेको विधानहरु र सहकारीको कार्यहरु बारे प्रष्ट्याएका थिए । उनले एउटा सहकारीले अर्को सहकारीसँग सहकार्य गरेर मात्र कृषकहरुको जीवनस्तर राम्रो हुने बताका थिए ।

टेवा कृषि सहकारीका अध्यक्ष गणेशमान श्रेष्ठले भक्तपुरमा रहेको सहकारीको अवस्था बारेमा बताएका थिए । उनले भने, ‘भक्तपुरका सहकारीले कृषि धान्न सक्दैन, त्यसैले यहाँ उत्पादित सामानहरु सस्तो मूल्यमा बजारीकरण गर्न पाए त्यहाँका बासिन्दालाई सहज हुने थियो ।’ उनले यसका लागि आफूले जतिसुकै मूल््य चुकाउन समेत तयार भएको बताए ।

कार्यक्रममा पहिलो पाईलाका सञ्चालक सदस्य र कृषि तथा खाद्य समितिको संयोजकसमेत रहेका पुष्पराज खतिवडाले सहकारीहरु मिलेर अन्तर सहकारी कारोबार गर्न लागिएको कुरा प्रष्ट्याउँदै इलामका सहकारीसँग मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । बजारमा किसानले उत्पादन गरेको जुनसुकै वस्तुलाई सिधै उपभोक्ता समक्ष पुर्याउने उद्देश्यका साथ यो कार्यको थालनी गरिएको उनले बताए । यसो गर्दा उपभोक्ता र किसान दुबैलाई सहज हुने उनले जनाए ।

इलामका कृषकले त्यहाँ छुर्पीको बजारीकरण नभएको दुःख व्यक्त गर्दै किवि बजारीकरणको माग समेत गरे । रेडकर्स सोसाइटी जिल्ला इलामको महामन्त्री र कर्मचारी युनियन बहुद्देश्यीय सहकारीको सञ्चालक सदस्य समेत रहेका रविन्द्र श्रेष्ठले सहकारीहरुको सहकार्यमा थालिएको काम राम्रो लागेको बताए । साथै उनले अब यस्ता प्रकारका काममा आफूले पनि साथ दिने प्रतिवद्धता जनाए । उनले यस अभियानलाई भित्र्याउन आफूहरु तयार रहेको बताए ।

इलाम जिल्ला सहकारी संघका अध्यक्ष विष्णु दाहालले इलाममा बिचौलियाहरुले मनखुसी गरेको भन्दै अन्तर सहकारी कार्यक्रमले बिचौलीया कम हुने बताए । यसैगरी, टेवा सहकारीका सचिव जगतकृष्ण श्रेष्ठले इलामको बागखेर सफल बहुद्देश्यीय सहकारी संस्थासँग यस कार्यक्रमको लागि प्रस्ताव पेश गरे ।

सफल सहकारीका अध्यक्ष पृथ सिंह सुनुवारले आफ्नो सहकारीले सहकारीले छुर्पी र घिउ उत्पादन गर्दै आएको बताउँदै आफूले उत्पादन गरेका सामान दिने मौखिक सहमति गरे । अहिलेसम्म बचत तथा रिण मात्र गर्दै आएकोमा अब भने पहिलो पाईलासँग मिलेर काम गर्ने बताए । उनले आफूले उत्पादन गरेका सामान पहिलो पाईलालाई दिने र पहिलो पाईलाले उत्पादन गरेको चामल र थुप्पा आफुले लिने बताए ।



Leave a comment