काभ्रे, ११ असोज । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले कृषि अनुदान कर्जा अन्तर्गत ५.५ प्रतिशतमा योजना सुरु भएको छ । संस्थाले कर्जा लिन योग्यता पुगेका सबै सदस्यलाई ५.५ प्रतिशत मै कृषि अनुदान ऋण लिन आदेनकालागि अनुरोध गरेको छ । कर्जाको ब्याजदर भने ११.५ प्रतिशत पर्न आउँछ तर ऋणी सदस्यले भने ५.५ प्रतिशत मात्रै तिरे पुग्छ । जसअनुसार रोशी गाउँपालिकाले ५ र संस्थाले १ प्रतिशत ब्याज अनुदान दिन लागेको हो ।
संस्था र रोशी गाउँपालिकाबीच गत साता ब्याज अनुदान सम्झौता भएको थियो । सोही अनुसार संस्थाले सुचना जारी गरी सदस्यहरुलाई निबेदन आव्हान गरेको छ । संस्थाले जारी गरेको सूचना अनुसार सम्बन्धीत वडा कार्यालय र भकुण्डे सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । व्याज अनुदान कार्यक्रमबाट गाउँपालिका भित्रका कम्तिमा ६० जना युवा उद्यमीहरु लाभान्वीत हुनेछन् ।
उद्यम गर्न चाहने यूवाहरुले सहकारी मार्फत सहुलियतपुर्ण व्याजमा प्रति घरधुरी ६ लाख ५० हजारसम्म ऋण प्राप्त गर्न सक्नेछ । यो कार्यक्रम स्थानीय स्तरमा रोजगारी सृजना गर्न र कृषि तथा उद्यम विकासको क्षेत्रमा यूवाहरुलाई आकर्षण गर्न ल्याएको नमुना परीक्षण कार्यक्रम भएकोले यसको परीक्षणको आधारमा आगामी दिनमा थप विस्तार गर्न सकिने संस्थाले जनाएको छ ।
Leave a comment