हाइलाइट

सहकारीमार्फत आर्थिक संमृद्धि

सहकारीमार्फत आर्थिक संमृद्धि :: Sahakari Akhabar

सहकारीले सदस्यको सेयर पूँजीको १८ प्रतिशत भन्दा बढि हुनेगरि लाभांस बितरण गर्न पाउने छैन । सहकारीमा एक व्याक्ति एक मतको सिद्धान्त लागु हुने भएकाले एकै जनाले धेरै सेयर खरिद गरेको पनि पाईदैन । सहकारी ऐनको दफा ६३ (२) ले एकै सदस्यलाई कुल सेयर पूँजीको २० प्रतिशत भन्दा बढि हुनेगरी सेयर बिक्री गर्न पनि रोक लगाएको छ ।

– सुर्यप्रसाद रिमाल
तालिम अधिकृत, राष्ट्रिय सहकारी बैक लि.

पृष्ठभूमी
सहकारी स्थापना गर्नुको प्रमुख उद्देश्य सदस्यहरुको आर्थिक संमृद्धिमा सहयोग पुर्याउनु हो । सामुहीक रुपमा सदस्यहरुको आर्थिक, सामाजीक तथा संस्कृतीक आवश्यकता पुरा गर्नु नै सहकारीको प्रमुख कार्य हो । नेपालको संबिधान २०७२ को धारा ५० (३) राज्यको निर्देशक सिद्धान्तमा सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको सहभागीता तथा बिकास मार्फत उपलब्ध साधन तथा श्रोतको अधिकतम परिचालन द्धारा तिब्र आर्थिक बृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरुको न्यायोचित बितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र र उन्नतिशील वनाउदै समाजवाद उन्मुख स्वतन्त्र तथा समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य रहेको पाईन्छ ।

त्यसैगरी संबिधानको धारा ५१(घ)१ अर्थ, उधोग तथा बाणिज्य सम्बन्धी नीतिमा सार्वजनीक, निजी तथा सहकारी क्षेत्रको सहभागीता तथा स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृण गर्ने उल्लेख गरिरहेको छ । संघिय सरकारले जारी गरेको सहकारी ऐन २०७४ ले समेत सहकारीको माध्यमबाट आत्मनिर्भर, दिगो, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने उद्देश्य राखेको छ । समग्रमा संबिधानले दिगो आर्थिक बिकास गर्न, शोषणरहित समाजको निर्माण गर्न, आत्मनिर्भर, स्वतन्त्र, उन्नतीशील तथा सुदृण अर्थतन्त्र निर्माण गर्न सहकारी क्षेत्रलाई महत्वपुर्ण जिम्मेवारी प्रदान गर्दे सहकारी अभियान प्रति ठुलो आशा तथा अपेक्षा राखेको छ ।

बिषय प्रवेश 
सदस्यहरुको आर्थिक जिवनस्तरमा परिर्वतन गर्नु नै सहकारीको प्रमुख कार्य हो । हाम्रो देशमा धेरै प्रकारका सहकारीहरु भएतापनि ति सहकारीहरुले प्रमुख रुपमा बचत तथा ऋणको कार्य गरिरहेका छन् । अधिकांश सहकारीहरुको प्रमुख कार्य सदस्यहरु बाट बचत तथा निक्षेपको रुपमा स—सानो पूँजी संकलन गर्ने र त्यसलाई सदस्यहरुकै बिचमा लगानी गर्नु हो । आर्थिक कार्यका अलवा अन्य बिभिन्न सामाजीक तथा संस्कृतीक कार्य पनि सहकारीले गरेका छन । सहकारीले बचत तथा ऋणका अतिरिक्त बिभिन्न उत्पादनमुलक तथा सेवामुलक कार्य गरेर सदस्यको आर्थिक संमृद्धिमा भूमिका खेलेको भएता पनि म यहाँ बचत तथा ऋण कारोवारलाई सदस्यहरुको आर्थिक संमृद्धिसंग जोडन चाहन्छु ।

ऋणको सहि सदुपयोगीताबाट सदस्यको आर्थिक बिकासमा टेवा पुग्नुका साथै संस्थाले सहज रुपमा ऋण असुली समेत गर्न सक्दछ । सहकारीले सदस्यलाई लगानी गरेको ऋण उत्पादनमुलक कार्यमा प्रयोग गर्न बाध्य बनाई सदस्यहरुमा स्वरोजगार, व्यवसायिकता तथा उद्यमसिलता बृद्धि गराउन सक्नुपर्दछ 

बचतमार्फत आर्थिक संमृद्धि
सदस्यहरुले मासिक तथा नियमित रुपमा सहकारीमा जम्मा गर्ने रकमलाई बचत भनिन्छ । सहकारीले बिभिन्न किसिमका नियमित बचतहरु सदस्यहरुलाई गराएको पाईन्छ, सामान्यतया यस्तो बचत थोरै तर नियमित रुपमा र लामो समयसम्म सहकारीमा जम्मा गरिन्छ । मासिक रुपमा रु ५०, १००, २००, ५०० वा रु १००० सम्म बचत गरिने भएकोले यस प्रकारको बचतले सदस्यको दैनिक व्यवहारमा कुनै किसिमको असर पार्दैन, तर कालन्तरमा ठुलो रकम जम्मा हुन पुग्दछ ।

उदाहरणको लागी मासिक रु २०० मात्र ५० बर्षसम्म नियमित रुपमा जम्मा गरेमा सावा रु १,२०,००० र बार्षिक १० प्रतिशतको दरले  व्याज रु ३२,३३,२४६ रुपैया हुनगई जम्मा रु ३३,५३,२४६ हुन पुग्दछ । ५ बर्षको बच्चाको मासिक बचत रु २०० सुरु गरि उक्त बच्चाको उमेर ७० बर्ष हुन्जेल सम्म मासिक रु २०० नै बचत गरिरहेमा सावा रु १,५६,००० र बार्षिक १० प्रतिशतको दरले व्याज रु १,४६,७९,८५३ हुन गई जम्मा बचत रु १ करोड ४८ लाख ३५ हजार ८ सय ५३ रुपैया पुग्दछ (ँष्लबलअष्ब िऋबअिगबितयच प्रयोग गरेर हेर्नुहोला) । यस्तो मासिक बचतको रकम सदस्यको आय आर्जन गर्न नसक्ने उमेर पुगेपछि फिर्ता गर्नुपर्दछ, जसले सदस्यको बृद्ध अवस्थामा कमाउन नसक्दाको अवस्थालाई सुरक्षित तथा व्यवस्थित गर्न सहयोग पुग्दछ, जसले गर्दा सहकारी कमाउन तथा आय आर्जन गर्न सक्दाको मात्र होईन, आय आर्जन गर्न नसक्ने उमेरको समेत बलियो साथी बन्न सक्दछ ।

सदस्यले चाहेको समयमा राख्न सक्ने र आवश्यक परेको बखत झिक्न सक्ने गरि राखेको रकमलाई निक्षेप भनिन्छ । सहकारीमा सदस्यहरुलाई उद्देश्यमुलक बचत गर्न प्रेरित गर्नुपर्दछ । सदस्यहरुले ऋण काढेर खर्च गर्नु नपरोस भनेर खर्च गर्नकालागी उद्देश्यमुलक बचत गर्ने बानीको बिकास गर्नुपर्दछ । उदाहरणको लागि कुनै परिवारले ऋण काढेर दशै मनाउनु पर्नेछ र दशैको लागि उक्त परिवारको लगभग रु २५,००० खर्च हुन्छ भने उक्त परिवारका सहकारीमा आवद्ध सदस्यलाई दशैका लागि मासिक रु २००० बचत जम्मा गर्न लगाउनु पर्दछ र दशैमा व्याज सहित उक्त रकम सदस्यलाई उपलब्ध गराउनु पर्दछ, जसबाट सदस्यले आफ्नै बचतको रकमबाट दशै मनाउने अवस्था सृजना गर्न सकिन्छ । यसले एकातिर ऋण काढेर दशै वा कुनैपनि चाढपर्व मनाउनुपर्ने अवस्थाको अन्त्य भई साहु महाजनबाट ठगिनु पर्ने अवस्थाको अन्त्य गर्दछ भने अर्कातिर चाडपर्वले घर परिवार सबैमा रमाईलो ल्याउदछ । यसरी सदस्यलाई बचत गराई सोही रकमबाट खर्च गर्ने संस्कार बिकास गर्न सकिएमा यसले सदस्यको आर्थिक संमृद्धिमा महत्वपुर्ण सहयोग पुर्याउदछ ।

सहकारीमा प्रमुख समस्या नै अनुत्पादक क्षेत्रमा ऋण लगानी केन्द्रित हुनु, लगानी गरिएको ऋणको सही सदुपयोग गराउन नसक्नु जसले गर्दा ऋणको भाखा नाघ्नु र ऋण परिचालनबाट सदस्यहरुको जिवनस्तर बृद्धि गराउने कार्यमा उल्लेख्य योगदान दिन नसक्नु नै हो । 

ऋण लगानी मार्फत आर्थिक संमृद्धि
सहकारीले सदस्यलाई स्वरोजगार बनाउन, उद्यमी बनाउन तथा व्यवसायी बनाउनका लागि ऋण लगानी गर्नुपर्दछ । सहकारीले लगानी गरेको ऋणको सहि सदुपयोग गराउनका लागि ध्यान केन्द्रित गर्नु पर्दछ । ऋण लिएर सदस्यले उत्पादनशील कार्यमा प्रयोग नगरेमा ऋणका कारणले सदस्यको आर्थिक अवस्था झन कमजोर हुनजान्छ जसले गर्दा संस्थाको भाखा नाघेको ऋणको मात्रा बढ्दछ, यसले समग्र संस्था नै असफल हुने सम्भावना हुन्छ । सदस्यको आर्थिक बिकास तथा सहकारी मार्फत दिगो आर्थिक विकास हासिल गर्न सहकारीले उत्पादनशिल क्षेत्रमा ऋण लगानीलाई केन्द्रित गर्नुपर्दछ र लगानी गरिएको ऋणको सहि सदुपयोग गर्न सदस्यलाई बाध्य बनाउनु पर्दछ ।

ऋणको सहि सदुपयोगीताबाट सदस्यको आर्थिक बिकासमा टेवा पुग्नुका साथै संस्थाले सहज रुपमा ऋण असुली समेत गर्न सक्दछ । सहकारीले सदस्यलाई लगानी गरेको ऋण उत्पादनमुलक कार्यमा प्रयोग गर्न बाध्य बनाई सदस्यहरुमा स्वरोजगार, व्यवसायिकता तथा उद्यमसिलता बृद्धि गराउन सक्नुपर्दछ जसलेगर्दा सदस्यहरु आर्थिक रुपमा समृद्ध बन्दछन र सहकारीमार्फत आत्मनिर्भर, दिगो, उन्नतीशिल तथा बलियो अर्थतन्त्र निर्माणमा योगदान पुग्दछ । नेपालमा ३५ हजारको हाराहारीमा रहेका सहकारीहरुले न्युनतम् प्रती सहकारी १० जनालाई मात्र स्वरोजगार बनाउन सकेमा बर्षमा ३,५०,००० जनामा प्रत्यक्ष स्वरोजगारी सृजना हुन्छ, जसले अप्रत्यक्ष रुपमा लाखौ मानिसहरुमा रोजगारी सृजना गर्दछ ।

सहकारीमा प्रमुख समस्या नै अनुत्पादक क्षेत्रमा ऋण लगानी केन्द्रित हुनु, लगानी गरिएको ऋणको सही सदुपयोग गराउन नसक्नु जसले गर्दा ऋणको भाखा नाघ्नु र ऋण परिचालनबाट सदस्यहरुको जिवनस्तर बृद्धि गराउने कार्यमा उल्लेख्य योगदान दिन नसक्नु नै हो । तसर्थ ऋण लगानी मार्फत सदस्यलाई संमृद्ध बनाउन उत्पादनमुलक, व्यवसायिक, स्वरोजगारमुलक तथा उद्यमशिल कार्यमा ऋण लगानी गरी उक्त ऋण लगानीको सही सदुपयोग गराउन अति आवश्यक छ ।

के लाभांशबाट सदस्यको आर्थिक संमृद्धि सम्भव छ ?
सहकारी ऐन २०७४ को दफा ७१(२) अनुसार सहकारीले सदस्यको सेयर पूँजीको १८ प्रतिशत भन्दा बढि हुनेगरि लाभांस बितरण गर्न पाउने छैन । सहकारीमा एक व्याक्ति एक मतको सिद्धान्त लागु हुने भएकाले एकै जनाले धेरै सेयर खरिद गरेको पनि पाईदैन । सहकारी ऐनको दफा ६३ (२) ले एकै सदस्यलाई कुल सेयर पूँजीको २० प्रतिशत भन्दा बढि हुनेगरी सेयर बिक्री गर्न पनि रोक लगाएको छ । मानौ कुनै सदस्यले सहकारीमा रु १ लाख को सेयर खरिद गरेको छ भने उसले बढिमा रु १८ हजार मात्र लाभांश पाउन सक्दछ, फेरी अधिकांश सहकारी ऐनले तोके बमोजिमको लाभांश बितरण गर्न सकेका छैनन, तसर्थ पनि लाभांश बाढेर सदस्यहरुको आर्थिक संमृद्धि सम्भव छैन, तसर्थ पनि सदस्यहरुको आर्थिक संमृद्धिका लागि सहकारीले बचत तथा ऋण सेवाको सहि प्रयोग गराउने कार्यमा सदस्यहरुमा केन्द्रित गर्नु अनिवार्य छ ।

निश्कर्ष 
बित्तिय मध्यस्तकर्ताको रुपमा सहकारीले मुख्य रुपमा बचत संकलन तथा ऋण लगानीको व्यवसाय गर्दै आएका छन, तसर्थ बचत संकलन तथा ऋण लगानी दुवै कार्यलाई सदस्यको आर्थिक संमृद्धि संग जोडनु पर्दछ । सदस्यको भविश्यको सुरक्षाको लागि र आवश्यक खर्चका लागि जोहो गर्नका लागि बचत गर्न सदस्यलाई प्रेरित गर्नु पर्दछ र ऋण लगानी स्वरोजगार सृजना, उद्यमशिलता र व्यवसायिक कार्यमा केन्द्रित गरि सदस्यलाई ऋणको सही सदुपयोग गर्न बाध्य बनाउनु पर्दछ । अनी मात्र संबिधानले अपेक्षा गरे अनुसारको दिगो आर्थिक बिकास, शोषणरहित समाजको निर्माण, आत्मनिर्भर, स्वतन्त्र, उन्नतीशिल तथा सुदृण अर्थतन्त्र निर्माणको गर्न सहकारी क्षेत्रबाट गरिएको अपेक्षा पुरा गर्न सकिन्छ ।

यो लेख, लेखकको अध्ययन तथा अनुभवको आधारमा सृजना भएको निजी बिचार हो । 



Leave a comment