हाइलाइट

रोयल बहुउद्देश्यीय सहकारीद्धारा उद्धार कोषमा १ लाख ११,१११ रुपैयाँ योगदान

रोयल बहुउद्देश्यीय सहकारीद्धारा उद्धार कोषमा १ लाख ११,१११ रुपैयाँ योगदान :: Sahakari Akhabar

काठमाडौं । बसुन्धरामा रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक योगदान गरेको छ । संस्थाले राष्ट्रिय विपत्तिमा सहयोग गर्नु संस्थागत दायित्व रहेको भन्दै उद्धार कोषमा सहयोग तथा ऐक्यबद्धता जनाएको हो ।

संस्थाले विपद्मा परेका नागरिकहरूको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरेको सहयोगको आह्वानलाई स्विकार्दै कोषमा १ लाख ११ हजार १११ रुपैयाँ योगदान गरेको जनाएको छ ।

सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारीहरू तथा संस्थाको संयुक्त योगदानमार्फत उक्त रकम सहयोग गरेको संस्थाले जनाएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ।

विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले उल्लेख गरेको छ ।

संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।



Leave a comment