हाइलाइट

विश्वको सबैभन्दा ठूलो श्रमिक सहकारी मोण्डरेगन

विश्वको सबैभन्दा ठूलो श्रमिक सहकारी मोण्डरेगन :: Sahakari Akhabar

सन् १९४३ मा जोसे मारिया एरिजमेन्डिएरेटा नाम गरेका क्याथोलिक पादरीले सहकारीको विकासको लागि योजना बनाएका हुन् । उनले सर्वप्रथम पहिले एउटा सहकारी प्राविधिक विधालयको स्थापना गरे । स्थानीय युवाहरुलाई रोजगारीको अवसरका साथै श्रमिक सहकारीको स्थापना उनको लक्ष्य रहेको थियो । सन् १९४८ मा यो विद्यालय दर्ता भएर सञ्चालनमा आयो । यसै विद्यालयबाट पहिलो पटक ११ जना सबैभन्दा उत्कृष्ट नम्बर ल्याउने विधार्थिहरुले स्पेनको जारागोजा विश्वविद्यालयमा औधोगिक इन्जिनियरिङ अध्ययन गर्ने अवसर पाए

-सुदर्शन ढकाल

स्पेनको वास्क रिजनमा सन् १९५६ मा मोण्डरेगन सहकारीको स्थापना भएको हो । यो श्रमिक सहकारीहरुको फेडरेशन हो । अहिले ९८ वटा श्रमिक सहकारीहरु यसका सदस्य छन् । यसले १४३ वटा सहायक कम्पनीहरु र २५ वटा व्यावसायिक इकाईहरुकासाथ विश्वका विभिन्न ५ महादेशमा आफ्नो व्यवसायहरु विस्तार गरेको छ ।

यो सहकारीको छातामुनि कूल ८०,८१८ श्रमिकहरु काम गर्दछन् । स्पेनभित्र मात्र ६७ हजार बढी कर्मचारी काम गर्दछन् । यसले विशेष गरी वित्त, औधोगिक प्रतिष्ठान, बिक्री केन्द्रहरु र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । यसले सञ्चालन गरेको मोण्डरेगन विश्व विद्यालयमा ४७ सय भन्दा बढी विद्यार्थिहरु अध्ययन गर्दछन् भने १५ वटा अनुसन्धान तथा विकास केन्द्रहरु सञ्चालनमा रहेका छन् ।

यी केन्द्रहरु व्यावसायिक तालीम र अध्ययन अनुसन्धानको कार्यमा केन्द्रित छन् । यो स्पेनको दशौ ठूलो व्यावसायिक संगठन हो । यो विश्वकै सबैभन्दा ठूलो श्रमिक सहकारी पनि हो । यसको वार्षिक १२ दशमलव २२ अर्ब यूरोको कारोवार रहेको छ । कार्यरत श्रमिकहरुमध्ये ४० प्रतिशत जति सहकारीका सदस्य छन् । औधोगिक सहकारी तर्फ भने ८० प्रतिशत श्रमिकहरु सहकारीका सदस्य रहेका छन् ।

सन् १९४३ मा जोसे मारिया एरिजमेन्डिएरेटा नाम गरेका क्याथोलिक पादरीले सहकारीको विकासको लागि योजना बनाएका हुन् । उनले सर्वप्रथम पहिले एउटा सहकारी प्राविधिक विधालयको स्थापना गरे । स्थानीय युवाहरुलाई रोजगारीको अवसरका साथै श्रमिक सहकारीको स्थापना उनको लक्ष्य रहेको थियो । सन् १९४८ मा यो विद्यालय दर्ता भएर सञ्चालनमा आयो ।

यसै विद्यालयबाट पहिलो पटक ११ जना सबैभन्दा उत्कृष्ट नम्बर ल्याउने विधार्थिहरुले स्पेनको जारागोजा विश्वविद्यालयमा औधोगिक इन्जिनियरिङ अध्ययन गर्ने अवसर पाए । सन् १९५५ मा तिनै ११ जना विधार्थिहरुमध्ये ५ जनाले एउटा टाट पल्टिएको हिटर र स्टोभ बनाउने फर्म खरिद गरे । एक वर्षभित्र उनिहरुले यो फर्म मोण्डरेगनमा सारे । सन् १९५८ मा यो फर्म नै सहकारीमा रुपान्तरण गरियो जसको नाम फेगर राखियो ।

यही सहकारी पछि गएर स्पेनको सबैभन्दा ठूलो घरेलु सामान उत्पादन र बिक्री गर्ने व्यावसायिक संगठन बन्न पुग्यो । इरोस्की मोन्डरेगनको श्रमिक उपभोक्ता सहकारी हो । यो स्पेनको सबैभन्दा छिटो बृद्धी भएको सुपरमार्केट, हाइपर मार्केट र मलहरुको चेन हो । यसका २ हजार भन्दा बढी आउटलेटहरु विश्वभर फैलिएका छन् । त्यसैगरी यही समूह भित्रको काजा लेवर क्रेडिट युनियन (सहकारी) स्पेनको ९ औ ठूलो बैंक बन्न पुगेको छ ।

अन्तर वित्तीय सहकार्यका कारण संस्थागत सुरक्षा पद्धतिका कारण संकटको वेला पनि एकले अर्कोलाई सहयोगको सुनिश्चितता अभ्यासमा प्रमाणित भएको छ । यसमा आबद्ध प्राय सबै सहकारीहरुले विविध कठिनाईको सामना गरेका छन् । सायद यो सहकार्यको संस्कृति नभएको भए कतिपय सहकारीको अस्तित्व समाप्त हुने थियो ।

सन् १९९७ मा तीन वटा शिक्षा सहकारीहरु मिलेर मोण्डरेगन विश्वविधालयको स्थापना भएको हो । प्राविधिक अनुसन्धान क्षेत्रमा विश्व प्रख्यात प्राविधिक केन्द्रहरु इकेरलान, इडेको र लोरटेक यसका सहायक संगठनहरु हुन् । यो विश्वविद्यालयको स्थापनामा तीन किसिमका साझेदारहरु रहेका छन् । विश्वविद्यालयको स्थापनामा श्रमिकको रुपमा शिक्षक, अनुसन्धानकर्ता र कर्मचारीहरु छन् भने अन्य लगानीकर्तामा सम्बन्धित सहकारी र सहायक कम्पनीहरु रहेका छन् । विद्यार्थीहरु समेत यस विश्वविद्यालयका सदस्यहरु हुन् ।

मोण्डरेगनको सफलताका आधारहरु
१. श्रमिकहरुको व्यवस्थापकीय भूमिका र समानताको पक्ष यो सहकारीको प्रगतिको आधार हो । स्पेनको अन्य मोडेलको विजनेशमा म्यानेजर र तल्लो तहको कामदार बीच औसतमा १ः१२९ को अनुपातमा पारिश्रमिक अन्तर छ, जबकी मोण्डरेगनमा १ः९ अनुपातको मात्र अन्तर छ । यसले श्रमिकहरु बीच पारिश्रमिकको न्यून अन्तर रहेको देखाउँछ।

.समाज सुधार नै सहकारीको एक मात्र उद्देश्य भएकोले मोन्डरेगनको प्रभाव क्षेत्र तुलनात्मक रुपमा अरु भन्दा फरक छ ।

.सहकार्य र सहकारीका सिद्धान्तहरुमा अन्तर्निहित संस्कृति र जीवन पद्धतिका कारण यो सहकारीको समाजमा छुट्टै ख्याति रहेको छ 

.अन्तर वित्तीय सहकार्यका कारण संस्थागत सुरक्षा पद्धतिका कारण संकटको वेला पनि एकले अर्कोलाई सहयोगको सुनिश्चितता अभ्यासमा प्रमाणित भएको छ । यसमा आबद्ध प्राय सबै सहकारीहरुले विविध कठिनाईको सामना गरेका छन् । सायद यो सहकार्यको संस्कृति नभएको भए कतिपय सहकारीको अस्तित्व समाप्त हुने थियो ।

.कामको सुरक्षा र श्रमिकहरुको स्वास्थ्य सुविधाका लागि मोण्डरेगन विश्वसनीय रहेको छ । कतिपय कारणले कुनै सहकारीमा कामदारको संख्या कम गर्नु पर्यो भने पनि श्रमिकहरुलाई काम विहिन छाडिन्न । श्रमिकहरुको कल्याणकालागि स्थापना गरिएको लगुन एरोले यस्तो वेला सहयोग गर्दछ ।

यसरी काम विहिन बन्न पुगेका श्रमिकहरुलाई आवश्यक परेमा तालिम दिएर भए पनि नयाँ कामको खोजी गरिदिने व्यवस्था गरिएको छ । तत्काल केही उपाय लागेन भने पनि ८० प्रतिशत तलब सहित २ वर्ष सम्मकालागि छुट्टी दिन सकिने व्यवस्था समेत रहेको छ । अहिलेसम्म यति लामो अवधि काम विहिन भएर श्रमिकहरु घर बस्नु परेको भने छैन् । लगुन एरोले श्रमिकहरुको सुरक्षाको सबै पक्षहरु कभर गर्दछ ।

. श्रम कटौति नगरी प्रविधिको अनुपम उपयोग भई रहेको छ ।

. मोण्डरेगनले सिर्जना गरेको सोलिड्यारिटी फण्ड विपतमा उपयोग हुने गरेको छ ।

. सरकारको सहयोगका कारण यो श्रमिक सहकारीको विकासमा सहयोग पुगको छ ।

लेखक : सहकारी विभागका पूर्व रजिष्ट्रार हुन् ।



Leave a comment