सहकारी विकास बोर्ड र सिजी डेभलपर्सबीच जग्गा भाडा विवाद
राष्ट्रिय सहकारी विकास बोर्ड र सिजी डेभलपर्सबीच जग्गा भाडामा लिने दिने सम्बन्धी कचिङल बढेको छ । सिजीसंग बोर्डको जग्गा भाडामा लिनदिने सम्झौता भएको ७ वर्षसम्म पनि भाडाबापत आम्दानी शून्य भएपछि बोर्डले जग्गा भाडा सम्झौता नै खारेज गरेको छ ।