हाइलाइट

    सीजेएनद्वारा उद्धार कोषमा ५७ हजार ५०० रकम सहयोग

    सीजेएनद्वारा उद्धार कोषमा ५७ हजार ५०० रकम सहयोग :: Sahakari Akhabar

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । सीजेएनले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी कारण प्रभावितहरुको उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको हो ।

समाजले उक्त कोषमा ५७ हजार ५०० रुपैयाँ सहयोग गरेको अध्यक्ष अर्जुन खतिवडाले जानकारी दिए । सीजेएनले स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको ‘राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार २०८३’ स्थगन गरी सो वापतको २० हजार, १६औं स्थापना दिवसमा प्रकाशित स्मारिकाबाट संकलित रकममध्येबाट १० हजारका साथै सीजेएन कार्य समिति, सल्लाहकार र सदस्यबाट संकलित रकम गरी ५७ हजार ५०० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिएको उनले जनाए ।

मूलूकमा आएको विपद्को समयमा सीजेएनले आफ्नो तर्फबाट सकेको योगदान गरिएको अध्यक्ष खतिवडाले बताए । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको सीजेएनले जनाएको छ ।

सीजेएनले दुःखद घडीमा बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । प्रभावित सम्पूर्ण परिवारप्रति सीजेएनले ऐक्यबद्धता प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।



Leave a comment