काठमाडौं । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३३ औं बार्षिक साधारण सभा इकाइगतरुपमा असोज ९ गतेदेखि हुनेभएको छ । संस्थाको साउन २४ गते बसेको सञ्चालक समितिको विशेष बैठकले असोज ९ गतेदेखि इकाइगत रुपमा संचालन गर्ने निर्णय गरेको जनाएको छ ।
साथै संस्थाले निर्णय प्रमाणिकरण सभा १० गते शनिबार मुख्य कार्यालय बनेपामा गर्ने जनाएको छ । संस्थाले सबै इकाइमा सम्पूर्ण शेयर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरेको छ । यो वर्ष संस्थाको संचालक समिति लेखा सुपरिवेक्षण समितिको निर्वाचन रहेको र निर्वाचन कार्यतालिका समेत प्रकाशन गरिएको संस्थाले जनाएको छ ।
सभामा सदस्यहरूले आधिकारिक परिचय पत्र तथा पत्र सहित आफूलाई पायक पर्ने इकाइ तथा उप इकाइमा साधारण सभामा उपस्थित हुन सक्ने र निर्वाचनमा आफू सदस्य रहेको सेवा कार्यालय अन्तर्गतका इकाइ तथा उप इकाइबाट मात्रै मतदान गर्नसकिने सूचनामा उल्लेख छ ।
सभामा भाग लिनआउँदा अनिवार्य सदस्य परिचयपत्र वा सदस्य खुल्ने कागजात र फोटो सहितको नागरिकता वा प्रमाण पत्र, सवारी चालक अनुमति पत्र राष्ट्रिय परिचय पत्र रहदानी, मतदाता परिचय पत्रमध्ये कुनै एक परिचय पत्र लिई आउन सूचित गरेको छ ।
परिचय पत्र प्राप्त नभएका सदस्यले सम्बन्धित कार्यालयमा सम्पर्क गरी परिचय पत्र प्राप्त गर्न सक्ने जनाइउको छ । त्यसैगरी साधारण सभा स्थलमा नै वार्षिक प्रतिवेदन वितरण गरिने भएकोले अग्रिम अध्ययन गर्न चाहने शेयर सदस्यले संस्थाको वेवसाईटबाट असोज ५ गते देखि डाउनलोड गरी प्राप्त गर्न सकिने र सुझाव भए साधारण सभा अधिलिखित रुपमा पेश गर्न सक्ने सूचनामा जनाइएको छ ।
Leave a comment