हाइलाइट

उद्धार कोषमा आइएमई कोअपरेटिभको ११लाख ११ हजार १११ रुपैयाँ सहयोग

उद्धार कोषमा आइएमई कोअपरेटिभको ११लाख ११ हजार १११ रुपैयाँ सहयोग :: Sahakari Akhabar

काठमाडौं । कान्तिपथ काठमाडौंमा मुख्य कार्यालय रहेको आइएमई कोअपरेटिभ सर्भिस लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । संस्थाले बाढी प्रभावितहरुको राहत तथा उद्धारका लागि सरकारको अपिललाई आत्मसाथ गर्दै कोषमा उक्त आर्थिक सहयोग गरेको जनाएको छ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रका प्रभावितहरुको राहत तथा उद्धारका लागि नेपाल सरकारले सहयोगको लागि आह्वान गरेको थियो ।

उक्त अपिललाई आत्मसात्थ गर्दै सहकारी क्षेत्रमा विगत १६ वर्षदेखि क्रियाशिल यस आईएमई कोअपरेटिभ र संस्थाका समिति, उपसमितिका साथै कर्मचारीहरुको तर्फबाट कोषमा एकमुष्ठ रकम आर्थिक सहयोग प्रदान गरिएको जनाएको छ । संस्थाले यो सहयोगले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि टेवा पुग्नेछ भन्ने पूर्ण विश्वास लिएको जनाएको छ ।

यस दुःखद् एवं विपद्को घडीमा बाढीबाट प्रभावित नागरिकहरुको खोज, उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सबैले आआफ्नो इच्छा अनुसार देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई आर्थिक सहयोग उपलब्ध गराई यस मानवीय सेवा तथा पुनित कार्यमा सहभागिता जनाइदिनुहुन समेत संस्थाले अपिल गरेको छ ।

संस्थाले यस विपद्मा दिवंगत हुनुभएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आफन्तहरुको खोजी र उद्धारको प्रतिक्षामा रहनुहुने परिवारजनको पीडाप्रति ऐक्यबद्धतासहित घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 
 



Leave a comment