हाइलाइट

प्रधानमन्त्री राहत कोषमा चम्पावती साकोसको २३ हजार सहयोग

प्रधानमन्त्री राहत कोषमा चम्पावती साकोसको २३ हजार सहयोग :: Sahakari Akhabar

काठमाडौं । टोखा ९ गोंगबुस्थित चम्पावती बचत तथा ऋण सहकारी संस्थाले २३ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । संस्थाले प्राकृतिक प्रकोपमा राहत तथा उद्धार कार्यमा सहयोग र्पुयाउने उद्देश्यले सरकारको राहत कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ ।

हालै रसुवामा आएको प्राकृतिक विपद् तथा पहिरोका कारण प्रभावित नागरिकहरूको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

विपद्को यस दुःखद् घडीमा प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले आफ्नो तर्फबाट सानो सहयोगले पनि विपद्मा परेका परिवारहरूको पीडामा केही राहत र आशा थप्न सक्छ भन्ने विश्वास लिएको छ।

यसैबीच, संस्थाले सम्बन्धित सबै निकाय, संघ–संस्था तथा नागरिकहरूलाई पनि आफ्नो क्षमता र सामथ्र्यअनुसार मानवीय सहयोगमा जुट्न हार्दिक अनुरोध गरेको सचिव हरिप्रसाद खरेलले जनाएका छन् । संस्थाले भनेको छ, विपद्मा परेकाहरूलाई साथ दिऔँ, मानवताको हात बढाऔँ ।



Leave a comment