काठमाडौं । राजविराज सप्तरीमा रहेको आइडियल बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुको राहत र पुर्नस्थापनामा ऐक्यबद्धता जनाई बिपदमा संगैं छौं भन्ने अनुभुतिका लागि उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय भएको जनाएको छ।
संस्थाले प्रभावित नागरिकहरुको तत्कालको आवश्यकता र कठिनाइलाई मध्यनजर गर्दै सहकारी संस्था समुदायको सुख दुःखको साथीको रुपमा रहेकोले पुर्नस्थापनामा ऐक्यबद्धता जनाउन सहयोग गरेको संस्थाका अध्यक्ष गणेश आशले जनाएका छन् ।
बिनासकारी बाढीले रसुवा, नुवाकोट, धादिङ्ग, गोर्खा, चितवन लगायतका जिल्लाहरुमा भएको ठुलो धनजनको क्षतिप्रति संस्था परिवारले गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक बिपदमा परि ज्यान गुमाउने मृतकहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै संस्थाले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता ब्यक्तिहरुको खोज तथा उद्धार कार्यमा जुट्न सबैमा हार्दिक अपिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद रजकले जनाएका छन् ।
Leave a comment