हाइलाइट

उद्धारकोषमा नेचुरल साकोसको २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग

उद्धारकोषमा नेचुरल साकोसको २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग :: Sahakari Akhabar

काठमाडौं । बौद्ध टुसाल मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गर्ने भएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको हो ।

संस्थाले आफ्ना सदस्य, समिति तथा उपसमिति, कर्मचारी र संस्थाको संयुक्त योगदानबाट कोषमा उक्त सहयोग गर्ने जनाएको छ । विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको संस्थाले जनाएको छ।

विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाका सचिव विकल्प पाठकले जानकारी दिए ।



Leave a comment