हाइलाइट

कर्मणा साकोसको स्थापना दिवसमा खुल्ला रक्तदान

कर्मणा साकोसको स्थापना दिवसमा खुल्ला रक्तदान :: Sahakari Akhabar

ललितपुर । कर्मणा बचत तथा ऋण सहकारी संस्थाले २६औँ स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । संस्थाको अयोजनामा भएको रक्तदान कार्यक्रम लायन्स क्लब अफ महिमा सातदोबाटोको सहअयोजना रहेको थियो । त्यसैगरी कार्यक्रममा टीयु लायन्स ब्ल ट्रान्स्फ्यूजन एण्ड रिसर्च सेन्टर कीर्तिपुरको प्राविधिक सहयोग रहेको थियो ।

संस्थाका अध्यक्ष सहदेव बञ्जाराले स्थापना दिवसका अवसरमा संस्थालाई थप सदस्यकेन्द्रित, विश्वसनीय र समुदायमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थापनाकालका २५ जना संस्थापक सदस्य र २५ हजार रुपैयाँ पुँजीबाट सुरु भएको सहकारीमा हाल २ हजार ५५४ जना सदस्य तथा ५ करोड ३९ लाख रुपैयाँ शेयर पुँजी पुगेको जनाइएको छ । संस्थाको कुल वासलात ६५ करोड पुगेको छ।

अध्यक्ष बञ्जाराले सदस्यको शेयर पुँजी तथा बचतलाई सुरक्षित लगानी गर्दै सरल, छिटो र सहज सेवा प्रवाहलाई निरन्तरता दिने बताएका छन् । सदस्यको सक्रिय सहभागिता र जिम्मेवारीलाई संस्थाको विकासका लागि महत्वपूर्ण आधारका रूपमा लिँदै नियमित तथा उत्कृष्ट कारोबारमा जोड दिन संस्था प्रतिबद्ध रहेको अध्यक्ष बञ्जाराको भनाइ छ।

संस्थाले आगामी दिनमा महिला तथा युवालाई नयाँ सोच, व्यवसाय र आर्थिक रूपमा सक्षम बनाउन सहयोगी हुने विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । साथै, सदस्य र समुदायलाई प्राथमिकतामा राखि बचत संस्कृतिको विकास, सदस्यको हितमा काम तथा सहयोग र सहकारिताको अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको छ । अध्यक्ष बञ्जाराले संस्थाको आगामी यात्रा सदस्यकेन्द्रित कारोबारको मात्र विस्तार नभई समुदाय र सदस्यबीचको अपनत्व अझ मजबुत बनाउने दिशामा केन्द्रित हुने उल्लेख गरेका छन् ।



Leave a comment