हाइलाइट

जनउत्थान साकोसद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

जनउत्थान साकोसद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले वृक्षारोपण कार्यक्रम गरेको छ । संस्थाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । संस्थाको वार्षिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वातावरण संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्द, जनउत्थान साकोसका सचिव अञ्जु जैसी तथा जनउत्थान जम्बा ग्रुपका सचिव रिता पाण्डेले संयुक्त रूपमा बिरुवा रोपेका थिए । जिल्ला प्रहरी कार्यालयको परिसरभित्र आँप, लिची, अमला लगायतका फलफूलका गरी ८० वटा बिरुवाहरू रोपिएको संस्थाले जनाएको छ ।

पर्यावरण सन्तुलन तथा हरियाली प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ आयोजित उक्त कार्यक्रममा जनउत्थान साकोसका विभिन्न उपसमितिका पदाधिकारीहरू लगायत ५० जनाको सहभागिता रहेको थियो । संस्थाले आफ्नो व्यावसायिक कारोबारका साथसाथै समुदायस्तरमा वातावरणिय तथा सामाजिक हितका विविध रचनात्मक कार्यहरू निरन्तर गर्दै आइरहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने संस्थाले जनाएको छ ।
 



Leave a comment