काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादन, प्रशोधन, भण्डारण र बजारको सम्भावना नदेखेर सहकारीहरु उत्पादनमा नलागेको बताएका छन् । उनले सरकारले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर विषयपरक नीति तथा कार्यक्रम तय नगरेकाले पनि सहकारीलाई उत्पादनमा परिचालन गर्न नसकिएको बताएका हुन् ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले संघीय सहकारी विभागको सहयोगमा बुधबार बानेश्वरमा आयोजना गरेको ‘सहकारी क्षेत्रले उत्पादनमा खेलेको भूमिका र झेल्नुपरेको समस्या’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ढकालले कोभिड–१९ महामारी पश्चात सहकारीले तरलताको समस्याले गर्दा लगानी गरेको पैसाबाट समयमा लाभ प्राप्तगर्न नसकेकाले पनि उत्पादनमा जान कठिनाई भएको धारणा राखे ।
उनले मुलुकमा उत्पादनसंग सम्बन्धि धेरै प्रकारका सहकारी स्थापना गर्नुको सट्टा बरु सबैलाई एकीकृत गर्नुपर्ने भनाई राखे । कृषिसंग सम्बन्धित संघहरुबीच सहकार्य र समन्वय नभएकाले पनि राज्यको नीति निर्माण गर्ने ठाउँमा एउटै धारणा पुर्याउन नसकेको बताए ।
Leave a comment