काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ८४ को लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभाको बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् बजेटमा कृषि, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको लागि २ अर्ब विनियोजन गरेको मन्त्री शेरचनले जनाए ।
आर्थिक वृद्धि, विस्तार मार्फत समुन्नत प्रदेश निर्माणको आधार तयार गर्ने, सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी गरिबी निवारण गर्ने बजेटको उद्देश्य रहेको मन्त्री शेरचनले जनाए ।
आधारभूत सेवा तथा सामाजिक सुरक्षामा नागरिकको पहुँच विस्तार गर्दै सामाजिक न्याय प्रवद्र्धन गर्ने, पूर्वाधार विकास, सूचना प्रविधि, नवप्रवर्तन, एआई, स्टार्टअप उद्यमशीलता मार्फत सुदृढ प्रदेश अर्थतन्त्र निर्माण गर्ने बजेटको उद्देश्य रहेको जनाए ।
सहकारीको माध्यमबाट उत्पादन, रोजगारी र वित्तीय साक्षरता अभिवृद्धि, नियमन, स्वनियमन र प्रशिक्षणमार्फत बचतकर्ताको बचत सुरक्षा, जोखिम न्यूनीकरण गरी सहकारिता प्रवद्र्धनमा जोड दिएको मन्त्री शेरचनले जनाए ।
Leave a comment