काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था स्थापनाको अवसरमा सहकारी नीति सम्बाद गोष्ठी गरेको छ । संस्था २५ वर्षमा प्रवेश गरेको अवसरमा पोखरामा अन्तर सहकारी नीति सम्वाद गोष्ठी सम्पन्न गरेको हो । संस्था स्थापनाको २५ वर्षमा प्रवेश गरेको अवसरमा वर्षैभरि गरिने २५ कार्यक्रम मध्ये तेस्रो कार्यक्रमको रुपमा कास्की जिल्लामा कार्यरत २५ ठूलो कारोबार गरिरहेको सहकारी संग नीति सम्बाद गरेको हो ।
ठूला सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकहरुको सहभागिता रहेको गोष्ठीमा गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराका निमित्त रजिष्ट्रार नारायण प्रसाद ढकालले सहकारी क्षेत्रमा विधमान नीतिको उच्चतम प्रयोग र अभ्यास गर्दै अप्ठ्यारा परेका नीतिलाई अन्तर सम्वाद गर्दै संसोधनको बाटोमा अगाडि बढ्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको नीति सम्वाद गोष्ठीमा राष्ट्रिय सहकारी बैकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईले वर्तमान सहकारीको अवस्था, नीतिगत चुनौति र भावी गन्तव्य बारे सहजीकरण गरेका थिए । त्यसैगरी पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले सहकारी संस्थाहरुको असल अभ्यास र व्यवस्थापनले लिनुपर्ने रणनीति बारेमा सहजीकरण गरेका थिए ।
नीति सम्वाद कार्यक्रमको दोस्रो चरणमा वरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठको सहजीकरणमा निमित्त रजिष्ट्रार नारायण प्रसाद ढकाल, बैकका सिईओ बद्रिकुमार गुरागाई, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दिपकराज बास्तोला, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष शेरबहादुर कार्की, कोअपरेटिभ म्यानेजर्स क्वल कास्कीका अध्यक्ष मोहन अधिकारीले प्यानलिष्टको रुपमा नीतिगत र संरचनागत अस्पष्टताको बारेमा कानूनमा सुधार गर्नुपर्ने र अभियानका तर्फबाट सच्याउनुपर्ने विषयहरुको बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा सहभागीहरुको तर्फबाट गेहेन्द्रश्वर कोईराला, डम्बर बस्नेत, गणेश बहादुर थापा, विष्णु अधिकारी, महेन्द्र अधिकारी लागयतले बिचार राखेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ्गले स्वागत र मूख्य प्रवन्धक मीलन ढकालले कार्यक्रम सञ्चालन गरेका थिए भने, आठवटा समूह मार्फत प्राप्त सुझावहरु समेटेर सहकारी अभियान, सदस्य संस्थाहरु र नियामक निकायको तर्फबाट गर्नुपर्ने १० बुँदे प्रतिवद्धता समेत घोषणा गरेको थियो ।
Leave a comment