हाइलाइट

सहकारी अभियानको पुनरुत्थान र पुनःसंरचानामा जानुपर्छः रजिष्ट्रार

सहकारी अभियानको पुनरुत्थान र पुनःसंरचानामा जानुपर्छः रजिष्ट्रार :: Sahakari Akhabar

काठमाडौं । संघीय सहकारी विभागका नवनियुक्त रजिष्ट्रार बाबुराम गौतमले सहकारी अभियानमा देखिएका विद्यमान चुनौतिहरुबाट कोही पनि भाग्न नमिल्ने बताएका छन् ।

उनले  सरकार र अभियान मिलेर दीर्घकालिन समाधानका उपाय अवलम्वन गर्दै समग्र सहकारी अभियानको पुनरुत्थान र पुनरसंरचानामा जानुपर्ने बताए ।

नव नियुक्त रजिष्ट्रार गौतमलाई बधाइ दिन सहकारी विभाग पुगेका राष्ट्रिय सहकारी महासंघका टोलिसंग उनले सहकारी क्षेत्रमा बजारमा पैmलिएको अफवाह जस्तो ब्यवहारमा नभएको तर अकल्पनिय रुपमा बित्तीय बिचलन, सुशासन बिहिनता र स्वनियमनमा समस्या देखापरेको भन्दै उनले सुधारका लागि अभियानले ठोस कार्ययोजना बनाएर जानुपर्नेमा जोड दिए। सहकारीको नेतृत्वले शेयर सदस्यहरुप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न उनले सुझाए ।

राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले महासंघको भूमिका र जिम्मेवारीमाथि प्रकाश पार्दै संघीय सहकारी विभाग अभिभावक निकाय भएकाले  नीतिगत निर्देशनको पालना गर्न र सहकार्यका लागि सधै तयार रहेको बताए ।

साथै उनले ऋणी सदस्यहरुले लिएको कर्जा भुक्तानी नगरेको हुँदा सहकारी संघ संस्थाहरुलाई बचत फिर्तामा समस्या भएको जानकारी दिए। महासंघको आयोजनामा आगामी असार ६ र ७ गते हुन गइरहेको अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन २०२६ लाई सफल बनाउनका लागि सहकार्यका लागि अनुरोध गरे ।



Leave a comment