हाइलाइट

सहकारी बैंकका नवनिर्वाचित समितिलाई महासंघद्धारा बधाई

सहकारी बैंकका नवनिर्वाचित समितिलाई महासंघद्धारा बधाई :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित समितिलाइ स्वागत गरेको छ। महासंघले हिजो एक कार्यक्रम गरी राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित  सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई स्वागत गरेको हो ।

महासंघले पुल्चोकस्थित आफ्नै भवनमा सहकारी बैंकका नव निर्वाचित अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती तथा लेखा सुपरीवेक्षण समितिका संयोजक तारा गुरुङ्ग लगायतका पदाधिकारीहरुलाई सामूहिकरुपमा स्वागत गरेको हो ।

नयाँ टिमलाई स्वागत गर्दै महासंघका कार्य वाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले बिषम परिस्थितिमा सहकारी बैंकको नेतृत्व टिमलाई बधाई तथा शुभकामना ब्यक्त गरे । बित्तीय आवश्यकता परिपूर्ति गर्न चुनौतिमा नै अवसर हुने भन्दै सहकारी अभियानको शाख बृद्धिगर्न बैंकको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

बैंकका अध्यक्ष उप्रेतीले सहकारीका मौजुदा समस्याप्रति आफु जानकार रहेकाले सचेत भएर काम गर्ने बताए । निर्वाचन प्रकृयाबाट बैंकको नेतृत्वमा आउँदा हौसला बोध र जिम्मेवारी बृद्धि भएकाले चुनौतिहरुको सामना गरेर अगाडि बढ्ने उनले जनाए ।

सहकार्यबाट नै समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनले  सरोकारवाला निकायहरु सबैसंग सहकार्य गरेर काम गर्न तयार रहेको उनको भनाई छ ।

त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजक तारा गुरुङ्गले सहकारीका बिद्यमान चुनौतिलाई समाधान गर्दै शाख बृद्धिका लागि अधिकतम कृयाशिल रहने बताइन् ।

कार्यक्रममा महासंघका उपाध्यक्ष डिबी बस्नेत, सञ्चालक द्वय काशीचन्द्र बराल र सुमन नेपाल, महाप्रबन्धक डा.बाबुकाजी थापा लगायतको उपस्थिति रहेको थियो ।



Leave a comment