हाइलाइट

स्थानीय सरकारको प्राथमिकतामा सहकारी परेन, मन्त्रीः पौडेले

स्थानीय सरकारको प्राथमिकतामा सहकारी परेन, मन्त्रीः पौडेले :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलले स्थिर सरकार नहुँदा सहकारीको ऐन नियम स्थिर हुन नसकेको बताएकीछन्।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा आजबाट नगरकोटमा सुरु भएको ‘लेखा सुपरीवेक्षण समिति गोष्ठी २०८२’को उद्घाटन गर्दै उनले प्रदेशमा मन्त्री र सचिव छिटो छिटो फेरिने प्रवृतिले समय सापेक्ष स्थिर ऐन नियम ल्याउन नसेको बताइन्।

उनले स्थिर सरकार विना सहकारी संघ संस्थाका लागि स्थिर कानुन बनाउन समस्या भएकोे प्रष्ट पारिन् । प्रदेश  सरकारले समेत सहकारीलाई प्राथमिकतामा नराखेको भन्दै उनले सहकारी क्षेत्रको लागि प्रयाप्त बजेट नछुटिटने गरेको उनको भनाइ थियो ।

आफुले पहल गर्दासमेत सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि  प्रयाप्त बजेट विनियोजन गर्न नसकेको उनको भनाई छ । सहकारीलाई छुट्टै मन्त्रलायको आवश्यकता रहेको भन्दै मन्त्री पौडेलले अरु मन्त्रालयमा गाभियो भने सहकारी क्षेत्र ओझेलमा पर्ने उल्लेख गरिन् ।

योे गोष्ठीले लेखा समितिको क्षमता विकास गरी सहकारीको बचत र ऋणलाई व्यवस्थित रुपमा सञ्चालन गरी सदस्यको बचत सुरक्षित हुने विश्वास व्यक्त गरिन् ।

उनले मूलुकमा रहेका अधिकांश सहकारीले समाजमा राम्रो काम गरेको भन्दैे सहकारी समाज रुपान्तरणको आधार भएको भन्दै केही सहकारीले गरेको गलत कार्यलाई लिएर सबै संस्थालाई एउटै डालोमा हाल्न नहुने उनेको भनाइ थियो ।

केही व्यक्तिका कारण मूलुकको सहकारी अभियान वदनाम भएको भन्दै सबै मिलेर यस क्षेत्रको साखलाई माथि उठाउनु पर्नेमा उनको जोड छ।

गोष्ठीमा ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख दयाराम खत्रीले संस्थामा सञ्चालक समिति र लेखा समिति एकै रथको दुई पाँग्रा भएको बताए ।

उनले संस्थामा दुई निकाय इमान्दार भएर काम गरे सहकारीमा समस्या नआउने विश्वास व्यक्त गरे । लेखा समितिले सञ्चालक समितिलाई समेत गाइड गर्ने भएकाले संस्थालाई सही मार्गमा हिड्याउन लेखा समितिको भूमिका महत्वपूर्ण हुने उनको धारणा छ।

संघका अध्यक्ष रामहरी बजगाईले लेखा समितिको गोष्ठी आयोजना गर्नुको उदेश्य माथि प्रकाश पारेका थिए । उनले बचत संघले २०६४ सालदेखि जिल्लामा भएका बचत तथा ऋण सहकारी संस्थालाई व्यवस्थित गर्न विभिन्न तालिम तथा गोष्ठी आयोजना गर्दै आएको जानकारी दिए ।

संघले यस अघि अध्यक्ष, कोषाध्यक्ष र ब्यवस्थापनको गोष्ठी आयोजना गरिससेको बताउँदै यस पटक लेखा समितिलाई लक्षित गरी गोष्ठी आयोजना गरिएको अध्यक्ष बजगाईले बताए ।

लेखा समितिको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी दिने र संस्थालाई व्यवस्थित र सुरक्षित रुपमा अगाडि बढाउन गोष्ठीले सघाउने उनको भनाई छ ।

सहकारी संस्थामा सदस्यले गरेको बचतलाई सुरक्षित रुपमा परिचालन गरी संस्थागत सुशासन र पारदर्शिता कायम गर्न समेत लेखा समितिले भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।

सदस्य संस्थाहरुलाई मर्यादित र व्यवस्थित बनाउन संघ लागि परेको जानकारी दिँदै अध्यक्ष बजगाईले प्रारम्भिक सहकारीलाई बलियो बनाउनु संघको दायित्व भएको उल्लेख गरे ।

जिल्लामा रहेका ४२१ सक्रिय सहकारी संस्था संघमा आवद्ध भएको र त्यस मध्ये ४६ सहकारी संस्थामा समस्यामा आएको भए पनि २१ संस्थाको समस्या समाधानमा संघले भूमिका खेलेको जनाए ।

संघले बचत तथा ऋणको कारोबारलाई क्रमशः घटाई संस्थाहरुलाई सवल बनाउन तालिम तथा गोष्ठीलाई अगाडि बढाउने उनको भनाई छ ।

संघले छाता कार्यक्रम मार्फत् संस्थाहरुलाई आवश्यक पर्ने तालिम, सीप र अन्य सेवा प्रदान गरी बलियो संस्था बनाउने तर्फ संघ लागि परेको उनले जनाए ।

संस्थाका सचिव श्यामकृष्ण महर्जनले कार्यक्रम सञ्चालन गरेका थिए । गोष्ठीमा  जिल्लामा रहेका सहकारी संस्थाका लेखा समिति संयोजक तथा सदस्यहरुको सहभागिता रहेको छ । गोष्ठी भोलीसम्म सञ्चानल हुनेछ।



Leave a comment