हाइलाइट

नारी दिवसको अवसरमा सगुन साकोसद्धारा उद्यमी सदस्यलाई सम्मान

नारी दिवसको अवसरमा सगुन साकोसद्धारा उद्यमी सदस्यलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । हरिवन ११ सर्लाहीमा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया तथा उद्यमी सम्मान कार्यक्रम गरेको हो । संस्थाको महिला उपसमितिको आयोजनामा संचालक तथा महिला उपसमिति संयोजक बाला कुमारी खड्का थापाको अध्यक्षता भएको कार्यक्रममा संस्थाका अध्यक्ष  केशवप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा श्रम तथा विभिन्न पेशामा रही उद्यमी बनेका तीन जना महिलालाई सम्मान गरिएको थियो । संस्थाले सोही अवसरमा ईलेक्ट्रोनिक ब्यवसायी प्रमिला खड्का, होटल ब्यवसायी रोहेणी कुमारी रघुवंशी र कृषि व्यवसायी एलिजा थापालाई सम्मान गरेको हो ।

यस आर्थिक बर्षको माघ मसान्तसम्म संस्थाको शेयर पुँजी १५ करोड २५ लाख, जगेडा कोष १३ करोड ९२ लाख, संस्थागत पुँजी १४ करोड ६० लाख र अन्य कोषहरु २६ लाख रहेको छ । संस्थाले त्यस अवधिमा १ अर्ब ४१ करोड ५१ लाख बचत संकलन गरी १ अर्ब २० करोड ३३ लाख ऋण लगानी गरेको प्रबन्धक रबिन्द्र रानाले बताए । संस्थामा १४ हजार माथि सदस्य रहेका छन् भने महिला सदस्य ८ हजार ८ सयको हारहारीमा रहेका छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब ८९ करोड ८० लाख पुगेको छ ।



Leave a comment