काठमाडौं । काभ्रेपलाञ्चोकको पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २०औं स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरेको छ । मंगलबार सम्पन्न संस्थाको मूल समारोहमा संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षता तथा संस्थापक अध्यक्ष पूर्णलाल रंजितबाट उद्घाटन गरिएको थियो । कार्यक्रममा संस्थाको वित्तीय अवस्था र आगामी लक्ष्यबारे जानकारी गराइएको थियो ।
यस अवसरमा उत्कृष्ट बचत तथा ऋण कारोबार गर्ने १० जना सदस्यलाई सम्मान गरिएको छ । साथै, समवेदना राहत र स्वास्थ्य उपचार सहयोग रकम सदस्यहरूलाई वितरण गरिएको संस्थाले जनाएको छ । स्थापना दिवसकै सन्दर्भमा खुल्ला रक्तदान कार्यक्रम, सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। विभिन्न समितिका पदाधिकारी, कर्मचारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ ।
Leave a comment