काठमाडौं । प्युखा न्युरोड काठमाडौंमा रहेको नव टाकुरा बचत तथा ऋण सहकारी संस्थाले सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि फागुन ११ गते इजाजतपत्र प्राप्त गरेको हो।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको हो । संस्थाले प्राप्त गरेको इजाजतपत्र नं २०६६–००३४० रहेको छ । सहकारी डिभिजन कार्यालय काठमाडौंमा दर्ता रहेको यस संस्थाको कार्यक्षेत्र काठमाडौं महानगरपालिका भित्र रहेको छ।
सहकारी नियमन प्राधिकरणले बचत ऋणको मुख्य कारोबार गर्ने संस्थालाइ गत मंसिर १० गतेदेखि अभिलेखिकरण गर्नसुरु गरेको हो । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरणका लागि आगामी चैत १७ गतेसम्मको समय थप गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ।
प्राधिकरणमा ४ हजार १२९ संस्थाले संचालन इजाजतका लागि आवेदन दिएका छन् । त्यसैगरी ३ हजार ४८८ संस्थाको रुजु गर्ने काम भइरहेको र ४ सय संस्थाको पहिलो चरणको काम सकिएको र अहिलेसम्म ६६० संस्थाले इजाजत प्रमाणपत्र प्राप्त गरेको प्राधिकरणका उपनिर्देशक मुकेश कर्णले जानकारी दिए ।
Leave a comment