हाइलाइट

बागमती प्रदेशका झण्डै २४ सय सहकारीले बुझाएन विवरण

बागमती प्रदेशका झण्डै २४ सय सहकारीले बुझाएन विवरण :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेशका २ हजार ३३१ सहकारीले यो अर्थिक वर्षमा अद्यावधिक नगरेको पाइएको छ । प्रदेशको कार्यक्षेत्र भित्र रहेका ३ हजार २३० सहकारीमध्ये ८९९ सहकारीले मात्र माघ १५ सम्म अद्यावधिक गरेका छन् । सहकारी संघसंस्थाहरुले आर्थिक वर्ष सकिएको ६ महिना भित्र बार्षिक साधारण सभा सम्पन्न गरेर १५ दिन भित्र नियमक निकायलाई साधारण सभा र संस्थाको प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ।

संघ संस्थाहरुले पुष मसान्तसम्म साधारण सभा सम्पन्न गरी माघ १५ गतेसम्म प्रतिवेदन बुझाइसक्नु पर्नेहुन्छ । तर बागमती प्रदेशको सहकारी रजिष्ट्रार कार्यालयका अनुसार ७८० संघसंस्थाले अनलाईमार्फत विवरण पेस गरेका छन् भने ११९ संघसंस्थाले हुलाकमार्फत संस्थाको विवरण पठाएका छन् ।

रजिष्ट्रार कार्यालयका प्रवक्ता उमेशकुमार दाहालले माघ १५ गतेसम्म अनलाइन र हुलाक मार्फत ८९९ संस्थाको विवरण आएको र बाँकी संस्थाहरुले पनि विवरण पठाएर अद्यावधिक गर्ने जनाए । उनले गत आर्थिक वर्षमा १ हजार २६१ संस्थाहरुले अद्यावधिक गरेपनि यो वर्ष विवरण पठाउने संस्थाको संख्या घटेको बताए ।

उनले भने, कार्यालय हेटौडाबाट काठमाडौं उपत्यकामा सरेको पनि छ, विवरण अनलाइन बुझाउँदा पनि हुन्छ तर पनि कम मात्रमा आएको छ, ढिलोगरी पठाउनेले जरिवाना तिरेर बुझाउनु हुनेछ । निरन्तर दुई वर्षसम्म संस्था साधारण सभा नगर्ने, विवरण अद्यावधिक नगर्ने, नियमकको सम्पर्कमा नआउने संस्थालाई खारेजी गर्नेसम्मको ब्यवस्था ऐनमा छ।



Leave a comment