हाइलाइट

बुडोल सामुदायिक साकोसको बार्षिकोत्सवमा सदस्यलाई सम्मान

बुडोल सामुदायिक साकोसको बार्षिकोत्सवमा सदस्यलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । काभ्रे जिल्ला बुडोलमा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारीको सम्मान कार्यक्रम गरी बार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाले २७ औं वार्षिकोत्सव समारोहमा विविध विधाका उत्कृष्टहरुलाई सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष कैलाश केसीको अध्यक्षता रहेको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशबप्रसाद बडाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थ, पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष, विनोद कुमार न्यौपाने र कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेका अध्यक्ष गोपालप्रसाद दाहालको आतिथ्यता रहेको थियो ।

संस्थाले वर्षको उत्कृष्ट सदस्य २०८२ सम्मान अन्तर्गत उत्कृष्ट बचतकर्ता इन्दिरा पराजुली र गोवर्धन थापा तथा उत्कृष्ट ऋण कारोबारतर्फ सुनिता पाण्डे र विश्वनाथ मानन्धर साथै उत्कृष्ट बाल बचतकर्तातर्फ रिभा उपाध्याय र युवेश थापा र नियमित रक्तदाता सम्मानतर्फ दिपक सुवाललाई सम्मान गरेको छ।

त्यस्तै, बुसा शैक्षिक सम्मानबाट कुल ६९ जना सम्मानित भएका छन् । स्नातकोत्तर तहतर्फ ९ जना जसमा तह उत्कृष्ट दिनेश भुर्तेल, त्यस्तै, स्नातक तहतर्फ ७ जना जसमा तह उत्कृष्ट सुमिना अवा, दश जोड दुईतर्फ ५३ जना जसमा तह उत्कृष्ट कृशला लुइटेल सम्मानित भएका छन् । तह उत्कृष्ट ३ जनालाई नगद ५ हजार नगद सहित बुसा सर्वोत्कृष्ट शैक्षिक सम्मान प्रदान गरिएको थियो ।

यस्तै, विशिष्ट सदस्यबाट कान्छीमाया फाउण्डेशन तथा कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालमार्फत सामाजिक कार्यमा विशिष्ट योगदान पुर्याए बापत डा. दिलबहादुर तामाङ सम्मानित भएकी छन् । विशेष क्षमता (अपाङ्गता) भएका सदस्य सहयोग सम्मान संस्थाले पहिचान गरेको अपाङ्गता परिचय पत्र प्राप्त गरेका २८ जना सदस्यहरुले प्राप्त गरेका छन ।

यसैगरी, कर्मचारीतर्फ दीर्घ सेवा पदक तथा सम्मान कार्यकारी अधिकृत रञ्जना सुवाललाई प्रदान गरेको छ । बरिष्ठ अधिकृत उमेश आचार्य, बरिष्ठ सहायक कविता श्रेष्ठ, सहायक श्रीकृष्ण श्रेष्ठ, कनिष्ठ सहायक सुशिला मानन्धर, मेसेञ्जर मुकुन्द पराजुली र सुरक्षा सहयोगी नवराज भुजेललाई दशक सेवापदक तथा सम्मान प्रदान गरेको छ । त्यसैगरी वर्षको उत्कृष्ट कर्मचारी २०८२ सम्मान सदस्य सहजकर्ता दिवाकर सुवेदीलाई प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी गराए ।



Leave a comment