हाइलाइट

बिन्धवासिनी साकोसले पायो संचालन इजाजतपत्र

बिन्धवासिनी साकोसले पायो संचालन इजाजतपत्र :: Sahakari Akhabar

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले बचत तथा ऋणको कारोबार गर्नका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट आज १३ गते इजाजतपत्र प्राप्त गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको हो । संस्थाले प्राप्त गरेको इजाजतपत्र नं २०५०–००५५० रहेको छ । सहकारी विभाग नयाँ बानेश्वरमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाण्डौ र ललितपुर जिल्लाभर रहेको छ।

यस आर्थिक बर्षको पौष मसान्तसम्म संस्थाको शेयर पुँजी ५३ करोड ९१ लाख,साधारण जगेडा कोष ३९ करोड ६३ लाख, विभिन्न कोषहरु १९ करोड ४३ लाख,६२ हजार,र कुल संस्थागत पुँजी ३९ करोड ७४ लाख रहेको छ । संस्थाले त्यस अवधिमा ४ अर्ब २० करोड ८७ लाख बचत संकलन गरी ३ अर्ब ५० करोड ३९ लाख ऋण लगानी गरेको प्रमुख कार्यकारी अधिकृत केबि लामा स्याङ्तानले बताए ।

५९ हजार माथि सदस्य र १२ हजार ३१४ जना बाल सदस्य रहेको संस्थाको कुल सम्पत्ति ५ अर्ब ४७ करोड ५८ लाख पुगेको छ । संस्थाबाट ८ हजार भन्दा  बढी सदस्यले ऋण लिएर विभिन्न पेशा व्यवसायका साथै आर्थिक उपाजर्नको कार्य गर्दै आएका छन् ।

संस्थाले सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार, सदस्य मृत्यु राहत,पारिवारिक मृत्यु समवेदना, प्राकृति प्रकोप, नवजात शिशु सेवा र विशेष उपचार खर्च बापत पौष मसान्तसम्म १४ लाख २१ हजार उपलब्ध गराएको सिइओ लामाले जानकारी दिए ।



Leave a comment