हाइलाइट

बचत संघ झापाको अध्यक्षमा युवराज गिरी निर्वाचित

बचत संघ झापाको अध्यक्षमा युवराज गिरी निर्वाचित :: Sahakari Akhabar

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्षमा युवराज गिरी निर्वाचित भएका छन् । संघको आगामी नेतृत्व चयनका लागि माघ ५ गते भएको निर्वाचनबाट उपेन्द्रप्रसाद ओलीलाई पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित भएका हुन्।

जम्मा ११२ मत खसेकोमा गिरीले ६३ र ओलीले ४८ मत पाएका थिए । गिरि पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । उनको नेतृत्वमा अन्य पद भने सर्वसम्मत भएको थियो । संघको उपाध्यक्षमा संजिवनी साकोसका यामकुमार चुडाल, महिला उपाध्यक्षमा तारापुञ्ज साकोसका सुशिला रिजाल र सचिवमा धरमपुर साकोसका बिनोद ढकाल सर्वसम्मत भएका हुन् ।

त्यसैगरी संचालक सदस्यमा जनशक्ति साकोसका हिमालय प्रकाश लिम्बु कन्दङ्गावा, अलश साकोसका महेश घिमिरे, जनहितकारी साकोसका मित्रलाल खनाल, शुभमंगल साकोसका अमकानत आर्चाय र महिला सदस्यमा छिमेकी साकोसकी संगिता कोइराला चयन भएका छन् । त्यसैगरी संघको लेखा समितिको संयोजकमा सामुहिक अभियान साकोसका जगन्नाथ भट्टराई तथा सदस्यमा न्यू भिजन साकोसका गायत्रिप्रसाद भट्टराई र राष्ट्रसेवक साकोसका डिल्लीराम ढकाल चयन भएका छन्।



Leave a comment