हाइलाइट

आइडियल सहकारीले पायो संचालन इजाजतपत्र

आइडियल सहकारीले पायो संचालन इजाजतपत्र :: Sahakari Akhabar

काठमाडौं । सप्तरीको राजविराजमा रहेको किसान आइडियल बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम उक्त संस्थाले ‘सहकारी संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्नकालागि आडियल बचत तथा ऋण सहकारी संस्थाले इजाजतपत्र नं २०५६–००८१२ प्राप्त गरेको छ । सप्तरी जिल्लाभरी कार्यक्षेत्र रहेको संस्थाले यही माघ ११ गते इजाजतपत्र प्राप्त गरेको हो । हालसम्म प्राधिकरणबाट लगभग २ सयभन्दा बढी संस्थाले संचालन इजाजत पत्र प्राप्त गरिसकेको प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले जानकारी दिए ।

प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्न पोर्टलमार्फत मंसिर १० गतेबाट अनलाइन सुरु गरेको हो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ ।

सहकारीहरुले अनुमतिपत्रका लागि प्राधिकरणको अनलाईन मार्फत अभिलेखिकरण गर्नुपर्ने हुन्छ । प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन) जारी गरेको थियो । संस्था अभिलेखिकरणकालागि प्राधिकरणले ६० दिनको समय सिमा तोकेको थियो उक्त समय पुनः थप गरी माघ मसान्तसम्म पुर्याएको छ ।



Leave a comment