हाइलाइट

किसान बहुउद्देश्यीय सहकारीले पायो संचालन इजाजतपत्र

किसान बहुउद्देश्यीय सहकारीले पायो संचालन इजाजतपत्र :: Sahakari Akhabar

काठमाडौं । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम उक्त संस्थाले ‘सहकारी संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको हो । संस्थामा ९४ हजार २७६ जना सदस्य तथा २९ हजार ६०३ जना ऋणी सदस्य रहेका छन् ।

बचत तथा ऋणको मुख्य कारोबार गर्नकालागि किसान बहुउद्देश्यीय सहकारी संस्थाले इजाजतपत्र नं २०५२–००२०६ प्राप्त गरेको छ । सुदुरपश्चिम प्रदेशभरी र बर्दिया जिल्लाको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको संस्थाले यही माघ ९ गते इजाजतपत्र प्राप्त गरेको हो ।

हालसम्म प्राधिकरणबाट लगभग २ सय संस्थाले संचालन इजाजत पत्र प्राप्त गरिसकेको प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले जानकारी दिए । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्न पोर्टलमार्फत मंसिर १० गतेबाट अनलाइन सुरु गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ । सहकारीहरुले अनुमतिपत्रका लागि प्राधिकरणको अनलाईन मार्फत अभिलेखिकरण गर्नुपर्ने हुन्छ । प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन) जारी गरेको थियो ।

संस्था अभिलेखिकरणकालागि प्राधिकरणले ६० दिनको समय सिमा तोकेको थियो उक्त समय आज सकिएको छ । अनलाईन पोर्टलमा लगभग ४ हजार सहकारीले मात्र आवेदन दिएको र आवेदनको समय थप गरिने अध्यक्ष शर्माको भनाइ छ । केही समय थप गर्नुपर्ने हुन्छ कति दिन थप गर्ने, प्राधिकरणको बैठक बसेर निर्णय गर्ने छौं उनले भने ।



Leave a comment