हाइलाइट

प्राधिकरणका मापदण्ड बैक वित्तिय संस्थाको प्रभावमा जारी गरेको 

प्राधिकरणका मापदण्ड बैक वित्तिय संस्थाको प्रभावमा जारी गरेको  :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिकृष्ण बल्लले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड बैक वित्तिय संस्थाको प्रभावमा परेर जारी गरेको बताएका छन् । उनले सहकारीको मर्म भन्दा पनि नितान्त बैंक वित्तीय संस्था सरहको प्रतिवेदन तथा विवरण पेश गर्नुपर्ने व्यवस्थाले मापदण्ड परिपालनामा चुनौती थपेको बताए ।

संघको अन्तरलगानी तथा वित्तिय सेवा प्रवद्धन उसमितिको आयोजनामा भक्तपुरमा हिजो भएको पुँजी पर्याप्तता अनुपात गणना तालिम कार्यक्रममा बोल्दै अध्यक्ष बल्लले जारी मापदण्डको परिपालना गर्न प्राविधिक पक्षहरुको ज्ञान हुन आवश्यक रहेको उनको भनाइ थियो ।

सहकारी संघको कार्य सदस्य संस्थालाई शिक्षा तथा तालिम उपलब्ध गराउने, बहस पैरवी र अन्तरलगानी रहेको भन्दै तालिमले सहकारीकोे जोखिम मुल्याँकन र न्युनिकरणमा टेवा पुग्ने बताए । संघका कोषाध्यक्ष एवम अन्तरलगानी तथा वित्तिय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कृष्णश्वरी मचामसीले तालिमले संघको महत्वलाई थप पुष्टि गरेको बताए ।

उनले संघहरु भएर नै नियमनकारी निकायले जारी गर्ने विभिन्न निर्देशन तथा मापदण्डका प्राविधिक पक्षबारे प्रारम्भिक संस्थाहरुलाई समयमै जानकारी एवं प्रशिक्षण दिन सकेको भन्दै राज्यले संघहरुको सम्बद्र्धन र प्रवद्र्धन गर्नुपर्ने बताए ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी मापदण्डका प्राविधिक पक्ष पुँजी पर्याप्तता अनुपात गणना गर्न सकोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरेको बताए ।

उनले बचत तथा ऋण सहकारी संस्थाले मात्र अवधिका आधारमा २७ वटा विवरण तथा प्रतिवेदनहरु सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था भएपनि सम्बन्धित निकायले सो प्रतिवेदनका विषयमा कुनै चासो नराखेकोले प्रभावकारी हुन नसकेको बताए । एकद्धार नीतिबाट मापदण्ड जारी तथा प्रतिवेदन एवं विवरण बुझ्ने व्यवस्था गर्नसके मात्र सहज र प्रभावकारी हुने उनको भनाई थियो ।

तालिमका प्रशिक्षक नवराज घोरासाइनेले सहजीकरण गर्दै वित्तिय विवरणहरुको विश्लेषण गर्ने तरिकाहरु सिकाउनुभयो । उहाँले पुँजी पर्याप्तता नभएमा लाभांश वितरण गर्न नपाउने भन्दै यसलाई वेवास्ता गर्न नहुने बताए । यदि पुँजी पर्याप्तता अनुपात कायम नभएमा कि सदस्यसँग पुँजी उठाउने अथवा विभिन्न कोषमा रहेको रकम आर्थिक वर्ष सकेपछि जगेडा कोषमा सार्नुपर्ने बताए ।

तालिममा अन्तरलगानी तथा वित्तिय सेवा प्रवद्र्धन उसमितिको सदस्य योगेन्द्र खर्बुजाले धन्यवाद मन्तव्य राख्दै तालिमको सार्थकता व्यवहारमा लागु भए पछि मात्र हुने बताए । संघका अन्तरलगानी तथा वित्तिय सेवा प्रवद्र्धन उसमितिको सदस्य अनिलकुमार सुवालले तालिम समापन कार्यक्रम संचालन गरेका थिए । तालिममा सदस्य संस्थाहरुमध्येबाट ४० जना व्यवस्थापक एवं बरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



Leave a comment