काठमाडौं । धनुषा जिल्लाको मिथिला नगरपालिका ७ मा रहेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम उक्त संस्थाले ‘सहकारी संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको हो।
बचत तथा ऋणको मुख्य कारोबार गर्नकालागि लक्ष्मी साकोसले इजाजतपत्र नं २०६७–००८०९ प्राप्त गरेको छ । धनुषा जिल्ला ढल्केवर, नक्टाझिज र बेङगाडावर गाविस कार्यक्षेत्र रहेको संस्थाले यही माघ ३ गते इजाजतपत्र प्राप्त गरेको हो । हालसम्म प्राधिकरणबाट १६५ संस्थाले संचालन इजाजत पत्र प्राप्त गरिसकेका छन् भने १४४ सहकारी अन्तिम परिक्षणका क्रममा रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्न पोर्टलमार्फत मंसिर १० गतेबाट अनलाइन सुरु गरेको हो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ।
सहकारीहरुले अनुमतिपत्रका लागि प्राधिकरणको अनलाईन मार्फत अभिलेखिकरण गर्नुपर्ने हुन्छ । प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन) जारी गरेको थियो ।
Leave a comment