हाइलाइट

भक्तपर जिल्ला बचत संघद्धारा नेतृत्व पूर्वको क्षमता परीक्षण तालिम 

भक्तपर जिल्ला बचत संघद्धारा नेतृत्व पूर्वको क्षमता परीक्षण तालिम  :: Sahakari Akhabar

काठमाडौं । भक्तपर जिल्ला बचत तथा ऋण सहकारी संघले नेतृत्व पूर्वको सक्षमता परीक्षण तालिम सम्पन्न गरेको छ । संघको तालिम व्यवस्थापन उपसमितिले आयोजना गरेको तालिममा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी ऐन नियम र निर्देशनका कारण सहकारीमा नेतृत्वको संकट हुने अवस्थामा पनि समुदायमा आधारित सहकारी संस्थाका संचालकहरु नेतृत्व पूर्वको सक्षमता परिक्षण तालिममा उत्साहपूर्वक सहभागिता जनाएको बताए ।

सहकारीमा योग्य र उपयुक्त नेतृत्वको चयनले सहकारी संस्थामा विकृति आउन नदिने उनको भनाइ थियो । व्यक्तिगत स्वार्थले खोलेका संस्थाहरुमा विकृति विसंगति, समस्या आएको कुरा भन्दै उनले समुदायमा आधारित सहकारी संस्थाप्रति सदस्यहरुको विश्वास रहेको बताए ।

संघका संचालक एवम् तालिम व्यवस्थापन उपसमितिका संयोजक राजकुमार लघुले तालिमले व्यक्तिलाई थप परिपक्व बनाउने र यसले सदस्यहरुको सेवागर्ने कार्यमा टेवा मिल्ने बताए । उनले तालिममा सिकेका विषयहरुको बारेमा संस्थामा छलफल गरी व्यवहारमा उतार्न पनि अनुरोध गरे ।

तालिममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले प्रशिक्षण गरेका थिए । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले सहकारी संस्थामा नेतृत्व पूर्व नै सक्षमता परीक्षण संस्थाको निर्वाचन निर्देशिकामा उल्लेख गरि निर्वाचनको बेलामा योग्य र उपयुक्ता परिक्षणको विधि स्थापित गर्नुपर्ने बताए । कार्यक्रममा सहभागीको तर्फबाट भक्तपुर बचत तथा ऋण सहकारी संस्थाका नारायणी खोंजू र अमरज्योति बचत तथा ऋण सहकारी संस्थाका शेखर भट्टराईले बिचार राखेका थिए ।



Leave a comment