हाइलाइट

बचत सङ्घ सुनसरीका सञ्चालकलाई क्षमता विकास तालिम 

बचत सङ्घ सुनसरीका सञ्चालकलाई क्षमता विकास तालिम  :: Sahakari Akhabar

काठमाडौं । जिल्ला बचत सङ्घ सुनसरीको आयोजनामा २ दिवसीय सञ्चालक सक्षमता विकास तालिम सम्पन्न भएको छ । सङ्घको शिक्षा तथा तालिम उप–समितिका सञ्चालक तथा सदस्यहरुलाई प्रशिक्षित गर्ने उद्देश्यकले माघ २ र ३ गते सञ्चालक सक्षमता विकास तालिम आयोजना गरिएको हो । तालिममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा शिक्षा तथा तालिम र ऋण उप–समितिबाट १६ जनाको सहभागिता रहेको थियो ।

राष्ट्रिय सहकारी महासङ्घको सहजीकरण तथा राष्ट्रिय सहकारी बैङ्कको निःशुल्क प्राविधिक सहयोगमा बैङ्कका सदस्य सेवा महाशाखाका अधिकृत मनोज लामिछानेले तालिममा मुख्य सहजीकरण गरेका थिए । सहकारी ऐनमा भएको परिवर्तित व्यवस्थामा सञ्चालक समिति तथा विभिन्न उप–समितिको काम, कर्तव्य र अधिकारका साथै सञ्चालकहरुको भुमिका तथा आचरणका विषयमा सञ्चालकको क्षमता अभिवृद्धि गर्ने उद्देश्य तालिमको रहेको अध्यक्ष गोमाकुमारी गिरी खड्काले बताईन ।

तालिम पश्चात प्रमाण पत्र वितरण तथा समापन समारोहमा बोल्दै प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) का सञ्चालक शालिकराम ढकालले उच्चस्तरका यस प्रकारका तालिमले परिवर्तित ऐनका व्यवस्था तथा नियामकीय मापदण्ड अनुसार सङ्घलाई गतिशिल बनाउन मदत मिल्ने र भविष्यमा समेत सङ्घको शिक्षा तथा तालिममा आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

तालिम समापन गर्दै अध्यक्ष खड्काले परिवर्तित सहकारी ऐनमा भएको व्यवस्था र नियामकीय मापदण्ड तथा निर्देशनहरुको अधिनमा सङ्घको १८ औं वार्षिक साधारणसभाबाट स्वीकृत कार्ययोजना कार्यक्रम अघि बढाउन तालिम अत्यन्त फलदायी भएकाले आगामी दिनहरुमा सञ्चालकहरुले एकढिक्का भई सङ्घको लक्ष्य हाँसिल गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन । उक्त समारोहमा नवगठित उप–समितिका संयोजकहरुलाई अध्यक्ष गिरीले सङ्घको विनियममा भएको व्यवस्था बमोजिम कार्यविवरण प्रदान गरी लक्ष्य हाँसिल गर्न आवश्यक कार्य गर्न निर्देशित समेत गरेकी छन् ।



Leave a comment