काठमाडौं । आइएमई कोअपरेटिभ सर्भिस लिमिटेड १६ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थाले सदस्य सरोकारवालाहरुलाई धन्यवाद तथा कृतज्ञता ब्यक्त गरेको छ।
१५ वर्षको निरन्तर यात्रा सफल बनाउन साथ दिने सरोकारवाला, कर्मचारी, शुभेच्छुक संघसंस्थाहरुमा कृतज्ञता प्रकट गर्दै सेवालाई निरन्तर रुपमा परिस्कृत र गुणस्तरिय बनाउने प्रतिवद्धता ब्यक्त गरेको छ ।
संस्था मुलुकको आर्थिक विकासमा योगदान पुर्याउन साथै समाजका सबै वर्ग र क्षेत्रमा वित्तिय सेवा र सशक्तीकरणमा योगदान दिन २०६७ सालमा स्थापना भएको हो ।
राष्ट्रियस्तरको पायोनियर सहकारीका रुपमा परिचय बनाउन सफल संस्था अनुभवी वित्तीय संस्था संचालक, व्यापारी र उद्योगीहरू द्वारा स्थापना गरिएको हो ।
स्थापनाकालदेखि नै संस्थाले सदस्यको साना तथा मझौला उद्यम जस्ता क्षेत्रलाई लक्षित गरी सहकारीको उद्देश्य प्राप्तिका लागि निरन्तर लागिरहेको संस्थाका अध्यक्ष योगेश्वर शर्मा ढकाल बताउँछन ।
संस्थाले मुख्य कार्यालय सहित १५ वटा सेवाकेन्द्रमार्फत सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ भने संस्थामा ११० जना कर्मचारीहरू कार्यरत छन । संस्थाले विषेशत सहकारीको डिजिटल सेवालाई प्राथमिकता दिएको छ।
संस्थामा ४५ करोड २१ लाख ७८ हजार ६ सय रुपैंयाँ सेयर पूँजी रहेको छ । संस्थामा ४४ करोड ९३ लाख ५ हजार जगेडा कोष तथा ११ करोड ४१ लाख ७३ हजार ६७२ रुपैंयाँ अन्य कोषमा रहेको जनाइएको छ ।
त्यसैगरी ७ अर्ब ५४ करोड ७९ लाख ७२ हजार बचत रहेको संस्थाको ५ अर्ब ५९ करोड ११ लाख ३१ हजार ऋण लगानीमा रहेको छ । संस्थामा ९७ करोड ८८ लाख ९४ हजार संस्थागत पूँजी रहेको छ भने ९ अर्ब ८० करोड २० लाख कूल सम्पत्ति रहेको जनाइएको छ । संस्थामा १४ हजार ५७२ जम्मा सदस्य तथा ७३१ जना ऋणी सदस्य रहेकाछन् ।
Leave a comment