हाइलाइट

किसान कल्याण साकोसले पायो संचालन इजाजतपत्र

किसान कल्याण साकोसले पायो संचालन इजाजतपत्र :: Sahakari Akhabar

काठमाडौं । सुनसरी जिल्लाको इटहरीमा मुख्य कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम उक्त संस्थाले ‘सहकारी संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्नकालागि संस्थाले इजाजतपत्र नं २०५८–००३७८ प्राप्त गरेको छ । इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिकाको वडानं ११ वडाबाहेक, इनरुवा नगरपालिकाको वडानं ९ र १० बाहेक र गढी गाउँपालिकाको वडा नै १ कार्यक्षेत्र रहेको संस्थाले यही पुष २० गते इजाजतपत्र प्राप्त गरेको हो ।

संस्थामा १९ हजार ६१४ जना जम्मा सदस्य रहेका छन् भने शेयर पूँजी १४ करोड  ९५ लाख १ हजार ८ सय रहेको छ । १ अर्ब १८ करोड ७० लाख ९३ हजार ५९३ रुपैंयाँ बचत संकलन रहेको संस्थाको १ अर्ब ५६ करोड ३ लाख ७२ हजार ८८३ रुपैंयाँ सम्पत्ति रहेको छ । संस्थामा ६२ जना कर्मचारी रहेका छन् ।



Leave a comment