काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत ऋण सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । नियमन प्राधिकरणले उदयदेव बहुउद्देश्यीय सहकारी संस्थालाई पौष २ गते इजाजतपत्र प्रदान गरेको हो ।
प्राधिकरणले उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको दर्ता इजाजतपत्र नं २०५६-००२५७ प्रदान गरेको छ । प्राधिकरणले मंसिर १० गते सहकारी दर्ता पोर्टल सार्वजनिक गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्रका लागि आवेदन खुलागरेको थियो । संस्थाको कञ्चनपुर, कैलाली, डढेलधुरा र बैतडी जिल्ला कार्यक्षेत्र रहेको छ ।
संस्थाको मंसिर मसान्तसम्मको वित्तिय विवरण अनुसार सेयर पूँजी २२ करोड ५८ लाख १४ हजार, जगेडा कोषमा २१ करोड ७३ लाख २२ हजार तथा २ करोड ७७ लाख ८७ अन्य कोष रहेको जनाइएको छ । त्यसैगरी २ अर्ब ९ करोड २८ लाख ४ हजार बचत रहेको संस्थामा १ अर्ब ६५ करोड ५५ लाख १४ हजार ऋण लगानीमा रहेको जनाइएको छ ।
२६ हजार ७३१ कूल सदस्य तथा ८ हजार १८० जना ऋणी सदस्य रहेका छन् । २२ करोड ८२ लाख ६१ हजार संस्थागत पूँजी रहेको संस्थामा २ अर्ब ८४ करोड ९२ लाख ४२ हजार कूल सम्पत्ति रहेको जनाइएको छ ।
Leave a comment