काठमाडौं । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका भुरीगाँउमा रहेको सिको बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । नियमन प्राधिकरणले संस्थालाई पौष ६ गते इजाजतपत्र प्रदान गरेको हो ।
प्राधिकरणले सिको साकोसको दर्ता इजाजतपत्र नं २०७५–००७९३ प्रदान गरेको छ । प्राधिकरणले मंसिर १० गते सहकारी दर्ता पोर्टल सार्वजनिक गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्रका लागि आवेदन खुलागरेको थियो ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका, बर्दिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाँउपालिका कार्यक्षेत्र रहेको छ । संस्थामा सिर्जना, कोशेली, लक्ष्मी, डल्फिन, र मौसमी साकोसहरू एकीकरण भएका छन् । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले प्रतिनिधित्व गरेको यो संस्था प्रोवेसन ब्राण्डमा सहभागि हुँदैआएको छ ।
संस्थाको पछिल्लो विवरण अनुसार सेयर पूँजी ४ करोड ८७ लाख ५४ हजार, जगेडा कोषमा २ करोड ३६ लाख र २ करोड ६० लाख ८४ अन्य कोष रहेको छ । त्यसैगरी ४३ करोड १५ लाख ६८ हजार बचत रहेको संस्थामा ३७ करोड ५० लाख ५४ हजार ऋण लगानीमा रहेको जनाइएको छ । १० हजार ६१७ कूल सदस्य तथा २ हजार ५४ जना ऋणी सदस्य तथा ५४ करोड ५१ लाख ११ हजार कूल सम्पत्ति रहेको जनाइएको छ ।
Leave a comment