हाइलाइट

हाम्रो सुपर साकोसले लियो सञ्चालन इजाजत पत्र 

हाम्रो सुपर साकोसले लियो सञ्चालन इजाजत पत्र  :: Sahakari Akhabar

काठमाडौं । नवलपरासी जिल्लाको बर्दघाटमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । नियमन प्राधिकरणले संस्थालाई पौष ३ गते इजाजतपत्र प्रदान गरेको हो ।

प्राधिकरणले हाम्रो सुपर साकोसको दर्ता इजाजतपत्र नं २०६७–०००८७ प्रदान गरेको छ । प्राधिकरणले मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्र आवेदन सुरुगरेको थियो ।

नवलपरासी जिल्लाका बर्दघाट, रामग्राम नगरपालिका सरवाल र प्रतापपुर गाउँपालिका कार्यक्षेत्र रहेको यस संस्था २०६७ साल माघ २ गते स्थापना भएको हो । पछिल्लो समय संस्थाले तीनवटा सहकारी संस्थाहरु साविक हाम्रो साकोस, सुपर साकोस र एकता महिला साकोस एकिकरण गरी हाम्रो सुपर साकोस बनेको हो ।

यस संस्था ०७७ सालमा राष्ट्रिय सहकारी बैकबाट उत्कृष्ट कारोवार गर्ने संस्थाबाट र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघबाट समेत पुरस्कृत भएको छ । संस्था २०७७ सालदेखि प्रोवेसन ब्राण्डमा सहभागि हुँदैआएको छ । बर्दघाट नपाबाट २०८० सालमा उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको छ । यस संस्थाबाट नै अध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कूनमा प्रतिनिधित्व गरेका हुन् ।

५ हजार ४७५ सदस्य रहेको संस्थामा १ हजार ५४४ जना ऋणी सदस्य रहेका छन् । संस्थाको पछिल्लो विवरण अनुसार सेयर पूँजी ३ करोड १० लाख २९ हजार, जगेडा कोषमा १ करोड ६५ लाख ९० हजार र २ करोड ९५ लाख ८८ अन्य कोष रहेको छ ।

त्यसैगरी ३१ करोड ९ लाख २५ हजार बचत रहेको संस्थामा ३० करोड १७ लाख ९६ हजार ऋण लगानीमा रहेको जनाइएको छ । १ करोड ७८ लाख ५२ संस्थागत पूँजी रहेको संस्थाको ३८ करोड ६२ लाख ७२ कूल सम्पत्ति रहेको जनाइएको छ ।



Leave a comment