काठमाडौं । बनेपा नगरपालिका ४ नाला काभ्रेमा रहेको दुमो बचत तथा ऋण सहकारी संस्थामा नयाँ संचालक समिति चयन भएको छ । संस्थाको सम्पन्न १६ औं बार्षिक साधारण सभाले जीवन मंग्रातीको अध्यक्षतामा सात सदस्यीय संचालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कृष्णमायाँ मिजार, सचिवमा कुमार रम्तेल र कोषाध्यक्षमा केशब बोगटीलाई चयन गरेको छ । त्यसैगरी संचालक समितिको सदस्यमा विकाश रम्तेल, मिलन परियार र निरमायाँ दाहाललाई चयन गरेको छ ।
सभाले संस्थाको लेखा समिति संयोजकमा रामकृष्ण परियार तथा सदस्यमा शिवहरी मिजार र कृष्णबहादुर बोगटीलाई चयन गरेको छ । त्यसैगरी संस्थाको संरक्षकमा एनपी प्रधान रहेका छन् भने राजु रम्तेललाई प्रमुख सल्लाहकार र राजन परियार सल्लाहकार तथा दिपक शर्मा जंगम कानुनी सल्लाहकारमा रहेका छन् ।
सभामा संस्थाका अध्यक्ष विकास रम्तेलले संस्थाको आर्थिक वर्ष ०८१ / ८२ को प्रतिवेदन सार्वजनिक गरेका थिए । त्यसैगरी लेखा संयोजक सचिव कुमार रम्तेलले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष जीवन मंग्राती आव ०८१ / ८२ को बास्तविक आय ब्यय प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर पूँजी १ करोड ५६ लाख ७ हजार ६ सय रुपैंयाँ रहेको छ भने बचतमा ९ करोड ६४ लाख ३८ हजार ९५९ रुपैंयाँ रहेको जनाइएको छ । संस्थाले ८ करोड ९१ लाख ६५ हजार ३०९ रुपैंयाँ ऋण लगानीमा रहेको छ । संस्थामा २ हजार ८ सय ४५ जना सदस्य रहेको जनाइएको छ ।
Leave a comment