काठमाडौं । रुपन्देही जिल्लामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । नियमन प्राधिकरणले संस्थालाई पौष ३ गते इजाजतपत्र प्रदान गरेको हो ।
संस्थाले जनउत्थान साकोसको दर्ता इजाजतपत्र नं २०६२–०००५६ प्राप्त गरेको छ । प्राधिकरणले मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्र आवेदन सुरुगरेको थियो ।
रुपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थाको पछिल्लो विवरण अनुसार सेयर पुँजी २८ करोड ९५ लाख ६९ हजार, जगेडा कोषमा ४१ करोड १८ लाख २४ हजार र १२ करोड २३ लाख १३ कर्जा जोखिम कोषमा रहेको जनाइएको छ ।
त्यसैगरी ३ अर्ब ५९ करोड ५९ लाख ८४ हजार बचत रहेको संस्थामा ३ अर्ब ३६ करोड ७० लाख २८ हजार ऋण लगानीमा रहेको जनाइएको छ । ४ अर्ब ५९ करोड २५ लाख ६५ हजार कूल सम्पत्ति रहेको संस्थामा ४० हजार ६१८ कूल सदस्य तथा ११ हजार २९ जना ऋणी सदस्य रहेको जनाइएको छ ।
Leave a comment