हाइलाइट

हाम्रो मध्यवर्ती साकोस बर्दिया जिल्लाकै पहिलो इजाजतपत्र पाउने सहकारी

हाम्रो मध्यवर्ती साकोस बर्दिया जिल्लाकै पहिलो इजाजतपत्र पाउने सहकारी :: Sahakari Akhabar

काठमाडौं । बर्दिया जिल्लामा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । हाम्रो मध्यवर्ती साकोस उक्त इजाजतपत्र पाउने जिल्लाकै पहिलो सहकारी बनेको हो ।

नियमन प्राधिकरणले संस्थालाई आज (पौष ३ गते) इजाजतपत्र प्रदान गरेको हो । संस्थाले इजाजतपत्र नं २०६३–०००२० प्राप्त गरेको छ । प्राधिकरणले मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्र आवेदन खुला गरेको थियो ।

बर्दिया जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्था २०६३ साल जेठ १५ गते ४२ जना सदस्यहरुबाट सुरु भएको थियो । संस्थामा हाल १६ हजार बढी सदस्य आवद्ध छन् । २०८२ मंसिर मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी ८ करोड हाराहारी, जगेडा कोष साढे ३ करोड, कुल बचत ४७ करोड र ६३ करोड कूल कारोबार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर थापाले जानकारी दिएका छन् ।



Leave a comment