काठमाडौं । सिन्धुपाल्चोकमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । संस्थाले पहिलो चरणको वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत संस्थाका महिला सदस्यहरु मध्ये लघुवित्त कार्यक्रममा आवद्ध सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम प्रदान गरेको हो ।
मंसिर २२ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो । संस्थाको बार्षिक कार्ययोजना अनुसार सञ्चालन भएकोे उक्त कार्यक्रममा मानव जीवनमा वित्तसंग सम्बन्धित विषको साक्षरता कार्यक्रम गरेको हो ।
सदस्यलाई संस्थाका ब्यबस्थापक रबिन बिक, बिभागिय प्रमुख साजन लामा तामाङ र कृष्ण श्रेष्ठले प्रशिक्षण गरेका थिए । त्यसैगरी बाँकी समुहमा आबद्ध सदस्यहरुलाई दोस्रो चरणको कार्यक्रममा सहभागि गराउने संस्थाको योजना रहेको जनाइएको छ ।
संस्थामा बाल बचतकर्ता सहित ३ हजार ३३१ जना सदस्य तथा ८२० जना ऋणी सदस्य रहेका छन् । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार १ करोड ३८ लाख ८२ हजार सेयर पूँजी, १ करोड ३७ लाख २१ शजार जगेडा कोष तथा ४७ लाख ९४ हजार अन्य कोषमा रहेको जनाइएको छ ।
१९ करोड १९ लाख ३९ हजार बचत रहेको संस्थाले १६ करोड ८० लाख १२ हजार ऋण लगानीमा रहेको जनाएको छ । त्यसैगरी १ करोड ३९ लाख ३ हजार संस्थागत पूँजी रहेको संस्थाको २२ करोड ८० लाख ४ हजार कूल सम्पति रहेको छ ।
Leave a comment