हाइलाइट

सिएमसि कञ्चनपुरमा सुनिलकुमार सेठीको अध्यक्षतामा समिति चयन

सिएमसि कञ्चनपुरमा सुनिलकुमार सेठीको अध्यक्षतामा समिति चयन :: Sahakari Akhabar

काठमाडौं । कोअपरेटिभ मेनेजर्स क्लव (सिएसि) कञ्चनपुरमा सुनिलकुमार सेठीको अध्यक्षतामा समिति चयन भएको छ । मंसिर २८ गते बेलौरीमा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशनले उपाध्यक्षमा राजेन्द्रबहादुर सिंह, सचिवमा मदनराज भट्ट, कोषाध्यक्षमा गणेशबहादुर चन्दलाई सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी सभाले सदस्यहरूमा अशोकराज जोशी, राजेन्द्र साउद, मोहनबहादुर चन्द, कर्णबहादुर धामी, कल्पना चापागाईं, बुद्धि कटुवाल र अमृता सुवेदीलाई सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी साधारण सभाले प्रेमसिंह भाटको संयोजकत्वमा दानबहादुर रावल र मदनसिंह धामी सदस्य रहनेगरी तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।

सहकारीमा कार्यरत कर्मचारीहरूको हकहित र संस्थागत विकासका लागि गठन भएको सिएमसि कञ्चनपुरको साधारण सभाले हालसम्मका कार्यक्रमहरू अनुमोदन गर्नुका साथै आगामी वर्षकालागि कर्मचारीहरूको हकहित तथा संस्थागत विकाससम्बन्धी विभिन्न कार्यक्रमहरू गर्ने निर्णय गरेको छ ।



Leave a comment