हाइलाइट

दक्षिण बाराही साकोसमा नयाँ समिति चयन

दक्षिण बाराही साकोसमा नयाँ समिति चयन :: Sahakari Akhabar

काठमाडौं । सूर्यविनायक नगरपालिका ४ दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थामा नयाँ संचालक समिति चयन भएको छ।

संस्थाको शनिबार सम्पन्न २७ औं बार्षिक साधारण सभाले कविता सापकोटा ढुङ्गेलको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो ।

सभाले समितिको उपाध्यक्षमा शारदा थापा, सचिवमा तारा खतिवडा सापकोटा तथा कोषाध्यक्षमा निर्जला ढुङ्गेल दाहाल चयन भएका छन् ।

त्यसैगरी समितिको संचालक सदस्यमा रीता के.सी, पार्वती घिमिरे भण्डारी, भगवती पोखरेल ढुङ्गेल, चण्डिका थापा तथा मधु माया श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी सभाले लेखा समिति संयोजकमा तुलसा पुरी र सदस्यहरुमा सिर्जना थापा खड्का र मीरा बस्नेत चयन गरेको छ । निर्जला ढुङ्गेल दाहालको अध्यक्षतामा भएको साधारण सभाको ९२ वर्षीय जेष्ठ सदस्य गङ्गाकुमारी भण्डारीले उद्धघाटन गरेकी थिइन् ।

सभामा विभन्न विधामा सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जेष्ठ सदस्य सम्मानबाट लक्ष्मी ढुङ्गेल, सितादेवी शर्मा, राजकुमारी खनाल छेत्री, तुलसी थापा, यूरोपकुमारी उप्रेती र कान्छी न्यौपाने सम्मानित भएका छन् ।

त्यसैगरी एकल तथा स्वनिर्भर सम्मानबाट गीता खत्री, कविता गौतम र शर्मिला छ्वाले सम्मानित भएका हुन् । त्यसैगरी अधिकतम सेयर खरिदबाट मुना ढुङ्गेल सम्मानित भएकी छन् भने बाल बचतमा बरूण ढुङ्गेल, बालिका बचतमा प्रशंसा पौडेल र प्रिन्सा शर्मा सम्मानित भएका छन् ।

यसैगरी ऐच्छिक बचत मीना श्रेष्ठ, खुत्रुके बचतमा शान्ता आचार्य, आवधिक बचतमा भीमकुमारी खड्का सम्मानित भएका छन् । दैनिक बचतमा मीनकुमारी भण्डारी, चाडपर्व बचतमा पवित्रा श्रेष्ठ, असल बचतमा सानुमाया जिरेल सम्मानित भएका छन् ।

त्यसैगरी असल ऋणी अस्मिता कार्की, सदस्य वृद्धि तर्फ तारा शिव भक्ति, दुर्गामाया श्रेष्ठ र मुना कार्की सम्मानित भएका छन् । सभाले संस्थाको ऋण उपसमितिलाई सक्रिय उप समितिका रुपमा सम्मान गरेको छ।

त्यसैगरी एसइई सम्मान बालतर्फ अभिषेक बस्नेत, बिरोज खत्री, हिमबहादुर गहतराज र बालिकातर्फ सुप्रिया चौलागाई, सरिता बाईजु, सुमिका के.सी सम्मनित भएका छन् ।

सभामा आर्थिक वर्ष ०८१ / ०८२ को बार्षिक प्रतिवेदन तथा आव ०८२ / ८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । प्रतिवेदन अनुसार संस्थामा १ हजार ३२१ सदस्य, १ करोड ६८ लाख ६ हजार ५ सय रुपैंयाँ शेयर पूँजी संकलन भएको जनाइएको छ ।

त्यसैगरी संस्थाले यस वर्षको असार मसान्तसम्म ९ करोड ३९ लाख ९४ हजार ४८१ रुपैंयाँ बचत संकलन गरी ९ करोड ४१ लाख ६२ हजार ७८४ रुपैंयाँ ऋण लगानी गरेको जनाइएको छ । संस्थाको जगेडा कोषमा १ करोड ३७ लाख १५ हजार रहेको सभामा जानकारी दिइयो ।



Leave a comment